झ्यापुल्ले भूत

डरलाग्दो झ्यापुल्ले भूत । भीमकाय शरीर, शरीर भरि रौं, हेमानका हातखुट्टा राताराता आ“खा एक वा“सको अग्लै न अग्लो भूत । आजभोलि मलाई भुतले लखेट्ने गरेको छ । म तर्सिने र भाग्ने गरेको छु ।
निद्रा निद्रम्ाँ तान्द्रा तान्द्रामा भूतले लखेटेको देखें, बिहानको पौने ४ बज्न लागेको रहेछ । व्युझि“दा शरीर का“पिरहेको थियो । कोठाबाट बाहिर वरण्डामा निस्कन ढोका खोले । पूर्वमा सामान्य शुक्र रहेको देखें । उसले पनि मलाई अस्ताचलतिर लखेटे जस्तो लाग्यो । झन पछि झन भूतले च्यापेको अनुभूति भयो ।
मैले सफा निलो आकाशतिर आ“खा दौडाए । निहारिकाहरू नियाल्दै छन् । पृथ्वीका गतिविधीहरूलाई । प्रत्येक भूतसित चराचर जगनका मनुवाले गरेका व्यवहारलाई ।
केटाकेटी दिनमा म गर्मी मौसममा सितलका लागि खुला आकाश मुनि आ“गनको छेउमा हजुर बासित सुतेर अकाशका तारा गन्ने गर्थे । हजुर बाले ‘उनी तीन तारे हुन ती षट्कृतिका हुन, ती सात वटा सप्तर्षिहरू ध्रुव ताराको वरिपरि घुम्ने प्रसिद्ध ताराहरू हुन’ भनेर चिनाउनु भएको थियो । तिनीहरूका बीच स“धै उत्तरमा चम्किने ध्रुवताराको वरिपरि सप्तर्षीले परिक्रमा गर्छन भनेर चिनाउनु भएको थियो ।
दशैंमा टीका लगा“उदा हजुर बा हजुर आमाले उत्तरतिर आकाशमा चम्किने कहिल्यै नअस्ताउने ध्रुवतारा बने बाबु भनेर आर्शिवाद दिएको सम्झे । विचरा निरक्षर बुढाबुढीले दिने यो भन्दा महान् आशीर्वाद मेरा लागि अरु के नै हुन सक्छ ।
मैले अलि पछि थाहा पाए । हामी वैवश्वत मनुका सत्तानी कस्यप अत्रि वरिष्ठ, गौतम भरद्धाज विश्वभित्र, जमछग्नी सवै ध्रुवदर्शी अमर अजर ऋषिमुनीका हामी सन्तानहरूलाई यसरी भूतले लखेटी रहेछ भन्ने सोच्दै थिए ।
भूतले लखेटेर कोठा बाहिर निस्केको मैले आकाशका अनगिन्ती ताराहरूबीच हराउदै गरेको बेला पछिबाट झन डरलाग्दो भूतले घा“टी च्याप्दै समायो । म हलचल गर्न सकिन पछि फर्कन पनि आ“ट गरिन । सुनसान छ । बिहान चिसो छ । तर मेरो शरीरबाट खलखली पसिना बगेको छ । बाहिर निष्पट अध्यारो छ । अलि परको कोठाबाट पर्दा पन्छाएर मधुरो उज्यालोले मलाई लखेट्ने भूतलाई चियाई रहेको छ ।

धेरै टाढाबाट कुकुर भुकेको मधुरो आवाज सुनिन्छ । यो कालजयी भूतलाई नजिकै आएर कुकुरले लखेटिदिए पनि हुने भन्दै गुहार माग्छु । तर पनि मलाई सहयोग गर्ने को नै छ र । मेरा पूर्खा ऋृषिमूनिहरू आकाशबाट सहानुभूति राख्ने सिवाय गर्न सक्ने केही छैन । मेरा पौरखी पुर्खाहरू पसिनाले धर्ती सिंचे । आफ्ना सन्तानका लागि इतिहास रचिदिए र गए । उनीहरूबाट अपेक्षा गर्ने अहिले के नै छ र । त्यसैले भूतलाई म आफ्नै बल वर्गत र बुताले मूकाविला गर्नपर्छ । निरिह बनेर कतिदिन लखेटिने । जोखाहा बनेर शक्ति संचय गर्नुको अरु विकल्पनै के छ र ?

मलाई भूतले लखेट्दै छ । म जीवन र मृत्युको दोषाधमा छु । आजकल धेरै दिनदेखि भूतले लखेट्न थाल्यो । मलाई था छैन अरु ककसलाई यसले लखेट्दैछ । निकै दिनदेखि यो झ्याप्ले भूतले मेरो पिछा छोडेको छैन । मैले देव देवताको भाकल गरेर रातोभाले र कालो पाठो काटे पनि मरिकाटे यसले पिछा छाड्नेवाला छैन । मलाई भूतले खर्लप्पै निल्यो । चिच्याउन खोज्छु, आवाज निस्कदैन । घा“टी नराम्रोसित दाविएको छ । मेरो कानमा केवल आ“शु बनेर तप्केको वलेसीको तपतप मात्रै परेको छ । मेरो पीडामा आहत मेरी आमाको आ“शु । दुधको भारा कटाउन मैले नसके पनि आमाको मन न हो । नक्षत्र बनेर दुई थोपा आ“शु पोख्ने सिवाय उनले केनैगर्न सक्नु । मेरो छटपटी देखेर बगाएको सहानुभूतिमात्रै ।

मलाई गुहार दिने कोही छैन यो कहाली लाग्दो अन्धकारमा । अंगालोभित्र सुतीरहेकी चन्द्रकला, चन्द्रमण्डलको सोह्रौकला, विचरीलाई केही पत्तो छैन । मेरो आत्मकथा न अरु कसैले लेखिदिन सक्छ नत मेरो आत्माको कटुचोटलाई उनका कलिला हातले छामेर निको हुन सक्छ । उनी मस्त निद्रामा छन् । मेरी चन्द्रमा मनसोजात भनेर एकपटक चिच्याउन र रुन मन लाग्छ । कतै व्यू“झीन भने उनको निद्रँ र आ“खा खुल्यो भने उनलाई पनि मलाई झै भूतले झ्याप्प पार्ने त होइन भन्ने डर लाग्छ ।

फेरि सहयोगका लागि आकाश तिर आ“खा कुराउ“छु । पूर्वमा शुक्र चम्किरहेछ र लम्किरहेछ आप्mनो गन्तव्यतिर । युगौदेखि सत्असतको सा“क्षी बनेर पृथ्वीका सबै गतिविधि नियाली राखेको ध्रुवतारा पनि रमिते बनेर चुक्चुकाई रहेको छ मेरो भूत देखेर ।

“वाल्यकालमै मितेरी गा“सेर छोडिदिनु भएको मेरो हजुरबाको गुन विर्सियौ ? के मलाई भूतले लखेटेको तिमीले देखेका छैनौ ? के असल मित्रले दुःखको बेला सहयोग गर्नुपर्छ भनेर हाम्रा
ऋषिमूनिहरूले सिकाएको विर्सियौ ? मैले तिमीलाई सधै असले मित्र ठानेर तिम्रो बाटो पछ्याउ“दैछु भन्ने विश्वास भएन ?” मेरो सदासयता बुझाउन सकिन । मेरो तपस्या पुगेन उसको के दोष ।

भूत एकनासको छ । सत्य र सा“चो पनि हो । भूत आयो गयो भन्दा कसैले पत्याउला वा नपत्याउला । भूत मेरा अगाडि छ, सवैका अगाडि छ र सत्य छ । उसले कसैलाई ढा“ट्दैन । तर भूतले मलाई खेदिरहेको पश्चिमतिर अस्ताचलचिर । किन यसले पश्चिमतिर मात्रै लखेट्छ मानिसहरूलाई, मलाई र मेरो चन्द्रकलालाई ।

भूत अजंगको डरलाग्दो छ । रुप र रंग फेरीफेरी देखापर्छ । कतै सुन्दर, सालिन, सभ्य र शितल देखिन्छ मेरी चन्द्रकला झै । कतै डरलाग्दो अनुहार आ मा मा संसारलाई एकै गा“स बनाउन त खोजेको होइन जस्तो देखिन्छ राक्षसको रुपमा । आज मैले देखेको भूत डरलाग्दो छ मैले एकाबिहानै प्रत्यक्ष देखें । अनुहार निलोकालो डरलाग्दो छ । शरीर भरी रौंले ढाकेको भीमकाय शरीर । उसका अगाडि मानिस बाम पुड्के गुलिमरको कथामा जस्तै ।

मलाई भूतले एकै छिनमा मेरो घा“टीमा दुई औंलाको छापामा च्यापेर कहालीलाग्दो भीरको थाप्लोमा पु¥याएछ । भाग्ने कतै ठाउ“ छैन । मलाई छाडेर झ्याप्ले भूत गायव भयो । मैले अस्ताचलतिर आ“खा लगाए । मेरो अर्धचन्द्र डुब्नै आ“टेको छ । मेरा अगाडि मृत्यु सिवाय अरु बा“च्ने आधार केही छैन ।

आकाशतिर हेरेर एक पटक लामो सास फेरे । आ“खा चिम्लिए । ऐठनवाट व्यू“झे जस्तो लाग्यो । पूर्वमा नजादिलो लाली देखापर्न थाल्यो । कल्याङ कुलुङ आवाज गु“डबाट चराचुरुङ्गीहरूले पखेटा फटफटाउ“दै वल्लो डोली पल्लो डोली गर्न थाले पछि भूत हाडै भागेजस्तो लाग्यो ।

दिन चर्या सुरु भयो । मेरी चन्द्रकला उठेर आ“खा मिच्दै, खज्याङ मज्याङ परेको कपाल सम्याउ“दै एकपटक ऐनामा सिउ“दोको दर्शन गरेर नित्यकर्मतिर लागिन । त्यति बेलासम्म भूत भागी सकेछ । कतै ओडारभित्र छिरे होला ।

र, म व्यू“झे अर्को ऐठन सुरु भयो वर्तमानको । भूतले रातभरी च्यापेको घा“टी सुकेर प्याकप्याक्ति भएछ । उठेर एकगिलास पानीसित एक गोली औषधी निले । बा“च्ने अझै रहर छ । भूतले लखेट्न थालेको छ । कतिदिन बा“चिएला र खोई भन्ने पनि लाग्छ ।

कालो वादलमा चा“दीको घेरा हुन्छ । “भूतलाई भगाउने मस“ग दुई वटा अचुक हतियार छ । अब मेरो भूतसित हतियारबद्ध युद्ध हुन्छ । जित हिम्मत र सहासको हुन्छ । जित श्रम र उद्यमको हुन्छ । अनि विजय सत्य र न्यायको हुन्छ । अब म भूतसित डराउनेवाला छैन । मसित वर्तमानको बलियो डड्डा छ र भविष्यको विश्वास छ । म थाकेको छैन अझै भूतसित लाप्पा खेल्न सक्छु । मेरो हातमा लेखनी छ ।

कुनै बेला मेरो हातबाट भूतलाई लखेट्ने हतियार भूई“मा खस्न गए होला र यति औधी भूतको खा“डो जागे होला । मलाई भूतप्रेतप्रति विश्वास छैन । मलाई मेरै परिश्रम र पसिनामा विश्वास र भविष्यप्रति भरोसा छ । भूतप्रेतले लखेट्दैमा कायर र का“तर भएर अब म भाग्न सक्दिन । एउटा कर्मयोगिले मात्रै भूतको मुकाविला गर्नसक्छ ।
मैले मेरो हतियारमा सा“ध लगाईसकेको छु । भूतलाई बिर्सनेले वर्तमान र भविष्यको अनुहार देख्न सक्दैन । अ“ध्यारोको मुख नदेख्नेले उज्यालोको अनुभूति गर्न पाउ“दैन । प्रत्येक निमेश भूत बनेर अ“ध्यारो खाडलतिर भासिइ रहेकोछ । समयमा पाइन लगाएर प्रत्येक निमेशमा चा“दीको घेरा लगाएर पठाउन सिपालु बन्नसक्नु पर्छ ।
भूतको खातमाथि भविष्यको पहाडले मेरो प्यारो वर्तमानलाई थिचेको महसुस भैरहेछ । म चिलले लखेटेको चल्ला वनेर भूतका अगाडि टाउको ठूलोभित्र लुकाएर बा“चेको ठान्दिन । म आकाशमा उडेर भूतलाई चराले चारो टिपेझै टिपेर निलिदिन सक्छु । मैले मुठ्ठी कसेर वर्तमानको गदाले एकपटक भूतको टाउकोमा बजारेर नियन्त्रणमा लिन चाहन्छु । अनि म भविष्यलाई अगाडि लगाएर वर्तमानसित मितेरी गा“स्ने छु ।
भूतलाई नदेख्ने न नतर्सनेहरू भविष्य बनाउन सक्दैनन र वर्तमानलाई च्याप्प समाउन सक्दैनन । वर्तमान वनमान्छे जस्तै चिप्लो छ । चिप्ले किरा झै हातबाट चिप्लिएर भाग्छ । भूतको मुख नदेख्नेहरू र नतर्सनेहरूको भविष्य वर्वाद भएको छ । भूतले तर्सायो भनेर डराउनु पर्दैन । भूतप्रेत आत्मा भएर आयो भने मात्रै मानिसको भविष्य सुध्रिन सक्छ ।
अब मलाई भूतको होइन वर्तमानको चिन्ता छ । मलाई वितगको होइन आगतको महŒव छ । भूतको चिरफार गर्न मलाई एउटा लेखनी भए पुग्छ । मलाई एक ताउ कागजमा विगतको विलो लगाएर दशै मनाउन ठूलो हतियार आवश्यक छैन ।
औंशिको अ“ध्यारोमा खोल्सा खाल्सीतिर प्रेतात्मा बनेर भौतारिने भूतसित भिड्न पूर्णेको कोमल प्रकाश मेरो आ“खी झ्यालभित्र चियाई सकेको छ । मेरो जुन मेरी चन्द्रकला, मेरो चन्द्रमा मेरो हतियार बनेको छ । भूत सित लाप्पा खेल्न ।
मेरा पूर्खाको पौरख र इतिहासको धरोहरमा उभिएर म अब धावा बोल्दै छु भूत । अरु भूतसित मितेरी गा“सेर उसको नालिवेलीको अध्ययन गरौं आज राती एउटा गह्रौ भारी भूत भविष्य र वर्तमानको । वर्तमान भूत र भविष्यको बीचमा स्याण्डविच बनेर थिचिएको निकै ठूलो भारी बोकेर हिड्न धौ भै रहेको छ, मलाई । निद्रा—निद्रामा, तन्द्रातन्द्रामा र एकै छिनमा उठेर म बाहिर निस्के । मेरा चिर परिचित वाल दौतरी सप्तर्षी र कित्रिकाहरू ध्रुवतारा र तीनतारेहरू टिलपिल टिलपिल चम्किरहेका छन् । शान्त निलो आकाशमा ।

२०६९÷७÷१२
मन्त्री निवास, हरिहरभवन ।