जीवनवृत्त

वाल्यकाल

पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो र घमाइलो बलेवा गाउ“ छ । बलेवामा अहिले तीनवटा गाविस पैयु“पाटा, नारायणस्थान र अमलाचौर पर्छन् । मेरो जन्म अमलाचौर–७, गहतेरा भन्ने गाउ“मा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९ जुलाई १९४६) का दिन एक गरीब किसान परिवारमा भएको हो । जन्मकुण्डलीेमा यही मिति लेखिएको छ । तर स्कूल पढ्दा गुरुले मेरो जन्ममिति तीन बर्ष घटाएर लेखाइदिनु भएकोले सर्टिफिकेट र नागरिकतामा भने २००६ साल साउन ४ गते हुन गएको छ ।

आमा यशोदा पाध्या र बाबु शशिधर पाध्याको म पहिलो सन्तान हु“ । दुई बर्षको हु“दा म मुनि भाई जन्मेको थियो रे, तर सानैमा खसेछ । भाईलाई सम्झेर आमा पछिसम्म रुनुभयो । आमाको त्यो वात्सल्य प्रेम र पीडाले छियाछिया पारेको मनमा मलहम लगाउन मैले कहिल्यै सकिन । म मुनि जन्मेका तीन वहिनीहरू क्रमशः टेकनदेवी, राधिका र मनरुपा दुःखसुख आÏनो पारिवारिक जीवन बिताइरहेका छन् ।

म पश्चिम नेपालको परम्परागत खरको छानो भएको होचो घुमाउने (बाटुले) घरको अ“ध्यारो कुनामा जन्मेको हु“ । यो घर (अहिले भत्काइएको छ) हजुरबाले बि.सं. १९५५ तिर बनाएको भन्नुहुन्थ्यो । पूर्वपट्टि एक सानो आ“खीΣयाल र होचो ढोका छ । आ“खीΣयाल नजिकै उत्तर दक्षिण फर्केको ओछ्यान छ । सुत्केरी हुने बुहारीलाई ठूलो ओछ्यान छोडिदिने गाउ“घरको चलन चल्ती अनुसार म पनि ठूलो ओछ्यानको उत्तर कुनामा जन्मेको कुरा आमाले भन्नुहुन्थ्यो ।

किसानको घरमा सा“झबिहान प्रयोग हुने उत्पादनका साधन, आ“सी, बाउसो, बञ्चरो, फाली करुवा, नाम्लो आदि राख्ने ओब्रो र ठाउ“ठाउ“मा खोपाहरूको व्यवस्था त्यस्ता घरको बिशेषता नै हो । घरभित्र चुलो, चौको, अ“गेनो, मोहीपार्ने (दहीमथ्ने), ठेकाभा“डा राख्ने निश्चित ठाउ“को तारतम्य मिलाइएको हुन्छ । त्यति सानो घरमा नौ दश जनाको संयुक्त परिवार कसरी अटे होला अहिले आश्चर्य लाग्छ । त्यसमा पनि सिकुवामा ढिकी र ढोकाको छेवैमा कोदो पिस्ने जा“तो गाड्ने रोस सबैतिर थियो । म जन्मेको घर अहिले छैन । बाहरू छुट्टिएर भिन्नहु“दा त्यो घर कान्छाबाको अंशामा परेको थियो  । आजभोली म घर जा“दा जन्मेको ठाउ“मा बसौंबसौं हुन्छ । छोराछोरी र साथीभाईलार्ई म जन्मेको यही ठाउ“ थियो रे भन्दै देखाउ“छु  । मलाई जन्मदि“दा आमा यो कुनामा प्रशव पीडाले कति छटपटाउनु भएहोला ? मलाई गर्भबाट ओरालेर यस धर्तीमा लालनपालन गर्ने, पढालेखा बनाउने जननी र जन्मभूमिप्रति म सधंै ऋणी छु  । मैले जति गरेपनि आमाको दुधको भारा चुकाउन सक्ने छैन ।

हाम्रो वंशावली जजुपतिमा गएर टुंगिएको छ । जजुपति भन्दा पहिले को थिए भन्ने कुरा थाहा छैन । म जान्नेसुन्ने भए पछि वंशावलीबारे हजुरबालाई सोधेको थिए“ । उहा“ले पनि जजुपति भन्दा बढी भन्न सक्नुभएन । तर पनि पितृलाई सम्झने बेला गोपाल बाजे श्रिपाल भट्टको नाम हजुरबाले लिनुहन्थ्यो । गोपालबाजे र श्रिपाल भट्टको खोजी गर्न सके वंशावली थाहा हुनसक्थ्यो ।

मेरो हजुरबाको बाजेको नाम जजुपति र बाबुको नाम बैकुण्ठ थियो भन्ने कुरा पुराना लिखतबाट थाहा हुन्छ । म जान्नेसुन्ने भए पछि हजुरबाका नामका दुई चारवटा बन्धकी तमसुकमा जजुपतिका नाती बैकुण्ठका छोरा बर्ष यतिका नरिश्वर पाध्या भनेर म आफैले लेखेको थिए“ ।

अमलाचौर गविसमा पौडेल बन्धुहरूको उपस्थिति राम्रै छ । तर हाम्रा नजिकका दाजुभाई को को हुन् भन्ने कुरा ठ्याक्कै यकिन छैन । वार्ड नं ६ मा भुर्तिए थर छ । गुल्मीको भुर्तुङ्बाट आएर बसोवास गरेको हुनाले भुर्तिए भनिएको हो भनिन्छ । हजुरबा र भुर्तिएहरू समेतले हामी नजिकका दाजुभाई हौं भन्दै र मान्दै आएका छन् । तर यो सम्बन्ध कति पुस्ता नजिकको हो भन्ने एकिन छैन । एकपटक गुल्मीको भुर्तुङ् गएर वंशावलीबारे सोधखोज गर्ने विचारलाई मैले अहिलेसम्म पुरा गर्न सकेको छैन ।

जजुपतिका कति भाई थिए थाहा भएन तर बैकुण्ठका दुईभाई छोरामध्य जेठाको नाम नरिश्वर थियो । म नरिश्वरको नाती ह“ु । बैकुण्ठका कान्छा छोरा अर्थात् हजुरबाका कान्छाभाई विवाह गरेपछि बेपत्ता हुनुभयो । अहिलेसम्म पत्तो छैन । कान्छी हजुरआमा आजीवन उहा“कै आशमा सतित्व धानेर बस्नुभयो । त्यसैले पिठ्यु“पछि कतिपयले कान्छी हजुरआमालाई आशा भन्ने गर्थे ।

नरिश्वरका दुई श्रीमतीतिर एकएक छोरा भए । जेठी तिरका छोराको नाम शशिधर पाध्या र कान्छी तिरका छोराको नाम तिलप्रसाद पाध्या हो । कान्छी हजुरआमा चा“डै बितेकोले कान्छाबाको लालनपालन मेरो हजुरआमाले गर्नुभयो ।

म जान्ने भएपछि एकदिन हजुरवाले रिठावोटको डा“डाबाट देखाउदै भन्नुभयो “उ त्यो खेतबारी खरबारी हाम्रो थियो । बा चा“डै वित्नुभयो । भाइ सानै थियो । दिदीको बिहे भएर गैसक्नुभएको थियो । मेरो उमेर पनि कलिलै थियो । एक दिन सा“झपख लप्टनले लिन पठाएको भन्दै कटुवाल डाक्न आयो । म गए“ । फापरबारी भन्ने पाखोबारी र झा“क्रिस्थानको खेतसमेत करिव १०,१५ रोपनी जग्गाको राजीनामाको कागजमा सही लगाउन भने । मैले मानिन ।  एउटा कोठामा लगेर रातभर थुने । भोकभोकै रोएर रात काटे । अर्को बिहान फेरि मुखिया र लप्टन समेतले हप्कीदप्की गरेर पिटे । सहन सकिन । मलाई जबरजस्ती अ“ठाएर पछि हात फर्काइ कागज गराए र त्यो जग्गा लुटे ।”

त्यो बुढेसकालमा आ“खामा आसु टलपल पार्दै हजुरबाले आङ्खनो लुटिएकवो खेतबारी देखाएको मलाई आजै होकि जस्तो लाग्छ । हजुरबा गा“उको टा“ठोबाठो सुकिला लुगा लगाएको देख्दा भित्रतिर लुक्नुहुन्थ्यो भन्ने पोल हजुर आमाले धेरै पछि मात्र खोल्नु भएकोथियो । हामी गा“उका सामन्त, फटाहा, मुखिया जिम्मुवालबाट ठगिएका थियौ । त्यसैले होला बा जान्ने सुन्ने भएपछि स्थानीय फटाहाको विरोधी बनेर निस्कनु भयो । त्यही पारिवारिक पृष्ठभूमिले मलाई झन जोदाहा बनायो । मेरो आ“खा अगाडि हाम्रो लुटिएको जग्गा अहिले पनि नाचिरहेको छ । हामीले त्यसलाई फिर्ता गर्न नसके पनि हामी जस्तै पीडित परिवारको मुक्तिका लागि जीवनोत्सर्ग गर्न तयार हुने प्रेरणा दिने मेरो हजुरबा र परिवारप्रति संधै आभारी छु   ।

हजुरबाको पहिलो नाती भएर होला मलाई सबैले माया गर्दथे । मेरो मामा हजुरबा गा“उको पढेलेखेको पुरेत हुनुहुन्थ्यो । आमा निरक्षर भए पनि सुनेकै भरमा तरह तरहका कथा सुनाउनु हुन्थ्यो । भोटेको सवाइ, नीतिश्लोक र तोत्रहरू कण्ठाग्र थिए । बा सामान्य लेखपढ गर्न सक्ने हुनुहुन्थ्यो ।  देवीभागवत, रामायण भाका फिराएर पढ्नुहुन्थ्यो ।

शिक्षा

म चार पा“च वर्षको हु“दा आमाले एकमाना चामल र पा“च आना दिएर कर्मीलाई काठको पाटी बनाईदिन भन्नुभयो । वसन्त पञ्चमीका दिन मलाई आमाले अक्षराम्भका लागि फुपूको घर लैजादै हुनुहुन्थ्यो । त्यतिबेला फुपूको घरमा जान्न भनेर म निक्कै रोएको थिए“ । आमाले कतै पिट्दै कतै फकाउदै फुपुको घरसम्म पु¥याउनु भयो । फुपुको घरमा एकजना वेदान्ती वैष्णव गुल्मीको जुहाङ्बाट आएर बसेका थिए । उनले वैष्णव धर्म प्रचारका साथै केटाकेटी पनि पढाईदिन्थे । मेरो अक्षरारम्ंभ गराउने गुरु उनै हुन ।

वेदान्ती गुरुले मलाई ठुलो वर्णमाला र पाटीमा फुलपाती र अक्षताले पुजा गर्न लगाए । त्यसपछि वर्णमाला खोलेर गरुले पुस्तकमा देखाएर स्वर वर्ण पढाउन सुरु गरे । आमा मलाई छोडेर घर फर्किसक्नु  भएको थियो । गरुले पढाउदै गए । मलाई ऋ ऋृ को उच्चारण गर्न आउदै आएन । गुरुले ऋ, ऋृ भन्छन् तर मैले लृ लृ भन्दोरहेछु  । धेरैपटक दोहो¥याउदा पनि उच्चारण गर्न नसकेपछि गुरुले गालामा चड्कन लगाए । फुपुले हेरिरहनु  भएकोथियो  । म फुपुतिर हेरेर विनाइ विनाइ बत्यसदिन फुपूकहा““ नै बसे“, भोलिपल्ट फुपुले घर लगेर छोडिदिनु भयो ।

पछि मेरो पढाई गाउ“मै सुरु भयो । छिमेकी गाउलेहरू मिलेर डाँडाखेते पण्डित छविलाललाई गाउमै राखेर केटाकेटी पढाउने व्यवस्था मिलाए । मैले गाउ“मै दुर्गासप्तसती, चण्डी पढिसके पछि वेद पढ्दै थिए । पछि बाले मलाई अंगे्रजी स्कूलमा पढाउने विचार गर्नुभएछ । वि.सं. २०१३ सालमा म दश वर्षको थिए । त्यो बेला बागलुङ सदरमुकाममा एक मात्र अंग्रेजी स्कूल थियो । बाले अंग्रेजी शिक्षाकालागि त्यहा“ भर्ना गर्ने तारतम्य मिलाउनु भए छ । जाने तयारी हु“दै थियो । स्कूलमा छुट्टी ह“ुदैछ भन्ने खबर आयो । त्यस पटकको साइत घक्र्यो ।

मलाई पढाउन बा आमाले निकै जोड गर्नुभयो । गा“उमा पण्डित राखेर सबैका केटाकेटी पढाउने व्यवस्था बाले मिलाउनु भयो । वि. सं. २०१५ मा सदरमुकामबाट एक जना शिक्षक खोजेर ल्याइयो । उनले ऐनश्रेस्ता, गणित र सामान्यज्ञान पढाए ।

विं सं २०१६ सालमा हाम्रै छिमेकी दाजुभाई डिल्लीप्रसाद शर्माले एस् एल् सीको जाच दिएर आए । सबै मिलेर फागुनमा गाउ“मै प्राइमरी स्कूल खोलियो । म तेह्रवर्षको थिए । त्यो बेलासम्म केही गणित र अंग्रेजीको सामान्य ज्ञान थियो । मलाई कक्षा ४ मा भर्ना गरियो । अंग्रेजी शिक्षाको प्रारम्भ त्यहा“बाटै सुरु भयो ।

२०१७ साल भदौमा छिमेकी गाविस पैयु“पाटामा मिडिल स्कुल खोलियो । भाद्र पहिलो हप्ता त्रिभुवन मिडिल स्कुलमा कक्षा पा“चमा भर्ना भए । कार्तिकको परीक्षामा म पहिलो भए र पुरस्कार पनि पाए । डिल्ली प्रसाद शर्मा एस् एल् सी पास भएर आइ ए पढ्न पोखरा गए । त्यही साल मंसीरमा मलाई बाले उनी सित पोखरा पठाउनु भयो । राष्ट्रिय बहुउद्देश्यीय माध्यमिक विद्यालय, बगरमा कक्षा ६ मा मेरो भर्ना भयो । पुस १ गते राजा महेन्द्रले कु गरेर पञ्चायतको घोषणा गरे । मेरो क्लास टिचर घनश्याम मस्र्यानीलाई पुषको पहिलो हप्ता प्रहरीले गिरÏतार गर्यो । उनी नेपाली कांग्रेस समर्थक रहेछन् भन्ने कुरा पछि थाहा भयो । ०१७ सालको काण्डले मेरो राजनीतिक चेतनालाई तरंगित ग¥यो ।

म पोखरा लामो समय बसिन । जेठतिर पहिलेकै स्कुलमा फर्केर पढ्नथाले । म स्कुलको सधै पहिलो विद्यार्थी भए त्यसैले मलाई गुरुहरूले औधी माया गर्नुहुन्थ्यो । म पढ्दै गए“ स्कूल पनि बढ्दै गयो । दश कक्षासम्म त्यसै स्कुलमा पढे पनि परिस्थितिबस मैले आखिर बनारासबाट सन् १९६७ मा हाईस्कुल परीक्षा प्रथम श्रेणीमा पास गरे । इन्टरमिडियट पनि उतैबाट पास गरे । त्रिभुवन विश्वविद्यालयबाट वी.ए प्राइभेट र वि.एड नियमित इन्सर्भिस गरे । वी.एल गर्दै थिए, जेल परे । त्यसैले कानुनमा स्नातक गर्ने चाहना बीचैमा रोकियो ।

शिक्षण पेशामा संघर्ष

मैले २०२२ साल चैत्र महिनामा त्रिभुवन मा.वि पैंयुपाटामा मासिक ९० रुपैया तलव पाउने गरी शिक्षण पेशा सुरु गरेको थिए । त्यसपछि पृथ्वी प्रा.वि. अमलाचौर, विजुवा प्रा.वि पैंयुथन्थाप, जनता मा.वि.सर्कुवा, अमर नि.मा.वि. मा पढाउदै थिए । २०२९ मा नया“ शिक्षा नीति लागु भयो । म लक्ष्मी नारायण नि.मा वी अमलाचौरको प्रधानाध्यापक भएर विद्यालय बनाउन सक्रिय भए । त्यहा“बाटै दुइवर्षे शिक्षामा इन्सर्भिस डिप्लोमा गरेपछि २०३३ सालबाट त्रिभुवन मा.वि पैंयुपाटाकोे अंग्रेजी शिक्षक बनेर २०४० सालसम्म पढाएँ ।
शिक्षण पेशा मेरा लागि गौण र वामपन्थी राजनीति प्रधान थियो । पञ्चायती शासकले संधै लखेट्ने र दुःख दिने गरिरहे । तिनीहरूका विरुद्ध निर्मम संघर्ष पनि गरियो । २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सदस्य बनेर शिक्षक हकहितको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न पाएकोमा गौरबको अनुभूति हुन्छ । ०३६ पछि पटकपटक जेलजीवन बिताउनु परेको थियो भने वामपन्थी राजनीति गरेको आरोपमा त्रिभुवन मा.विको संचालक समितिको सिफारिसमा जिल्ला शिक्षा समितिले स्थाई जागिरबाट खारेज प्रकृया अगाडि बढाउदै थियो । २०४० माघमा आÏनै गा“उ अमलाचँैरमा पृथ्वी माविको स्थापना गरे । त्यसको अस्थायी स्वीकृति लिन ठूलो लडाई लड्नु परेको थियो भने त्यो काममा सघाएको भनेर पञ्चायती शासकले डिल्लीप्रसाद शर्मालाई जिल्ला शिक्षा अधिकारीबाट खारेज गरेको थियो । मैले पृथ्वी मा.वि अमलाचौरमा २०४२ साल वैशाख २ गतेसम्म पढाए । राज्यले सक्रिय वामपन्थी राजनीति गरेको भनेर देशव्यापी वारण्ट जारि गरिसकेको थियो । उता पार्टीले भूमिगत जाने निर्णय पनि गरिसकेको थियो ।  २०४२ साल वैशाख ४ गते बिहान चारबजे घरमा पुलिसले छापा मा¥यो । त्यसैदिनदेखि २०४६ सम्म पञ्चायती कालमा पा“च वर्ष कठोर भूमिगत जीवन विताएँ । पा“च छोराछोरी, वाथको दीर्घरोगी आमा र वृद्ध बाबु र श्रीमतीलाई छाडेर म भूमिगत भएको थिए ।
म शिक्षक विद्यार्थी र अभिभावकको बीचमा इज्जत र सम्मान कमाउन असफल भइन । म राजनीतिक काममा सक्रिय भए पनि विद्यार्थीको पढाइमा कमी आउन दिइन । त्यसैले यस क्षेत्रका विद्यार्थीको मन जित्न सफल भएकोले मैले पढाएका विद्यार्थीहरू अहिले राजनीतिक दलका माथिल्लै तहको नेता बनेकोमा मलाई गर्व छ । मैले मेरो विचार र राजनीतिलाई शिक्षण पेशा भन्दा माथि राखें । त्यसैले शिक्षण पेशा गौण भयो । तर पेशाप्रतिको इमान्दारितामा कहिल्यै कमी आउन भने दिइन । त्यसैले म त्यो बेलाको सफल शिक्षक हु“ भनेर गर्व गर्ने ठाउ“ पनि छ ।

राजनीतिक जीवन

मेरो राजनीतिक जीवनको प्रारम्भ २०१५ सालको आम निर्वाचनबाट भएको हो । गा“उका धेरैजसो गोरखापरिषद् र ने.का.मा सक्रिय थिए । बा ले के.आई. सिहंको पचार्, पोष्टर लिएर आउनुभयो । मैले गा“उमा प्रचार गर्दा उनीहरूले हप्कीदप्की गरेका थिए । त्यस बेलादेखि नै राजनीतिक तन्तु खुलेको महसुस भएको थियो । स्कुल पढ्दा चिनिया साहित्यले पनि प्रभावित पारेको थियो ।

मेरो सक्रिय राजनीति जीवनको सुरुवात भने बनारसबाट भयो । सन् १९६७ मा कमरेड बलराम उपाध्याय मार्फत कमरेड पुष्पलाल श्रेष्ठलाई भेटें । त्यहा“ नै कम्युनिस्ट पार्टीको सदस्यताको लागि दर्खास्त हालें । ६ महिनापछि सदस्यता मिल्यो । क. पुष्पलालको नेतृत्वमा जिल्ला पार्टी संगठन खोल्ने अनुमतिपत्र सहित गृहजिल्ला फर्के ।

बागलुङ जिल्लाको दक्षिणभेग सर्कुवा गाविस एकरातेमा पा“चजना विश्वासी कमरेडहरूको बीचमा सिरिञ्जले रगत निकालेर र रगतकै सहिछाप गरेर पार्टीको जिल्ला संगठन समिति खोलियो । त्यसको सदस्यमा नवीन सागर, गणेश सुवेदी, निलकण्ठ सुवेदी, पूर्ण प्रसाद थिए भने म त्यसको सेक्रेटरी बने । त्यो पार्टीले बागलुङको दक्षिण भेगमा करीब साढेदुई वर्ष काम ग¥यो ।

केही समय पछि चित्रबहादुर केसीले त्यो कुरा थाहा पाएर मलाई खोज्दै आए । भेट भयो । उनले तुलसीलाल अमात्यको केन्द्र अन्तरगत पार्टी बनाएका रहेछन् । उनीस“ग धेरैचरणमा छलफल भयो । एउटा जिल्लामा दुईवटा समानान्तर पार्टी नबनाउ“ भन्नेमा सहमत भइयो र पार्टी एकताका आधारहरू खोजियो । रुसको विरोध अर्थात संसोधनवादको विरोध गर्ने, नया“ जनवादी क्रान्ति, महान् सर्वहारा सा“स्कृतिक क्रान्तिको समर्थन गर्ने, तुलसीलालको केन्द्र नमान्ने र पुष्पलालको पनि नमान्ने, कार्यक्षेत्र धवलागिरी लुम्बिनी र राप्ती बनाउने पार्टीभित्रको पञ्चायत परस्त र कांग्रेस परस्त प्रवृत्तिको विरोध गर्ने महŒवपूर्ण आधारमा सहमत भएपछि पार्टी एकता सहितको प्रथम जिल्ला सम्मेलन विसं २०२४ सालमा गाजदह नजिकै टोडकेको जङ्गलमा सम्पन्न गरिएको थियो ।

बागलुङ जिल्लाको प्रथम एकता जिल्ला सम्मेलनपछि पार्टीको योजनामा सामन्तका किर्ते तमसुक च्यात्ने, रक्सी विरोधी अभियान चलाउने, स्थानीय सामन्त फटाहाका जनविरोधी ज्यादतीको भण्डाफोर र कारवाही गर्ने, जनतालाई संगठित गर्ने, राजनीतिक प्रशिक्षण संचालन गर्ने, सामाजिक कुरीति अन्धविश्वास र भेदभाव विरोधी अभियान चलाउने, माक्र्सवादी अध्ययन सामग्री प्रचार गर्ने, प्रेम विवाह गराउने त्यो बेलाको मुख्य काम थियो ।

एमालेका वर्तमान अध्यक्ष झलनाथ खनाललाई विज्ञान शिक्षकको रूपमा बागलुङ लगिएको थियो । उनको सक्रिय राजनीतिक जीवन पनि बागलुङबाटै सुरु भएको हो । उनलाई राजनीतिक प्रशिक्षणका लागि जिल्ला पार्टीको योजनामा ठाउ“ठाउ“मा पठाइन्थ्यो । उनी एउटा रक्सी बिरोधी कारबाहीको क्रममा गिरÏतार भए । केही समय जेल बसे । पछि अञ्चलाधीशले बागलुङ नफर्कने शर्तमा इलाम पठाएपछि उनीस“गको पार्टी सम्पर्क टुटेको थियो ।

मोहन विक्रम सिंह जेलबाट छुटे लगत्तै चित्रबहादुर र म दुवै जना उनलाई भेट्न गइयो । उनी काठमाण्डौको टेबहालमा खड्गबहादुर जिसीको डेरामा बसेका थिए । मेरो एम.वी.स“गको पहिले भेट त्यही नै हो । मैले उनलाई “आगामी दिनमा के गर्ने योजना छ ? , जेल जीवन कस्तो रह्यो ? कसरी छुट्नु भयो ?” आदि प्रश्न सोधें । सामान्य जवाफ पछि उनले मेरो परिचय सोधे । के.सीले पुष्पलाल समूहबाट आएको भन्दै परिचय गराए । एकछिन पछि मलाई बाहिर पठाउने संकेत गरे । म त्यहा“बाट निस्के ।

कम्युनिष्ट पार्टीभित्रको दुई लाइन संघर्षबारे अलि मसिनो गरी थाहा थिएन । त्यसमा पनि एम.बी र क.पुष्पलालबीचको अन्तरविरोधको बारेमा म अनभिज्ञ थिए । तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको रुसी लाइन लिएको थाहा थियो । क. पुष्पलाल जनवादी क्रान्तिको पक्षधर भएकोले म उनको विचारसित सहमत थिए । रायमाझीको बारेमा पनि बनारासबाटै जानकारी पाएको थिए । तर एम.वीबारे त्यति थाहा थिएन ।

क.पुष्पलालको विचारसित सहमत भएकोले केन्द्रीय न्यूक्लियस गठन भएपछि जिल्लामा मेरा विरुद्ध पुष्पलाल परस्त दक्षिणपन्थी भनेर प्रचार गरिएको रहेछ । ठाउ“ठाउ“मा पुष्पलालको छाउरो भन्दै हिंडेको पनि थाहा पाए“ । त्यसै कारणले मलाई चौथो महाधिवेशनमा नलगेको पछि मात्रै थाहा भयो । तर पनि मैले आÏनै प्रयत्नले पार्टी संगठनको निमार्णमा सक्रिय रुपमा लागिरहे । केसी  नजिकका अधिकाशं व्यक्तिरू पञ्चायतमा प्रवेश गर्दै गए । म भने २०३६ सालको शिक्षक आन्दोलनको नेतृत्व गरेर अगाडि बढें ।

२०३९ सालको अयोध्या प्लेनममा म सक्रिय रुपमा भाग लिएँ । २०४१ को पाचौं महाधिवेशनमा अल्पमतको पक्षमा अर्थात एमबीको पक्षमा उभिएँ । नेपालको कम्युनिष्ट आन्दोलनको इहिासको विभिन्न कालखण्डमा विचार र संगठनको बीचमा ठूलो अन्तरविरोध देखिदै आएको छ । पा“चौं महाधिवेशनमा लाइन अल्पमतको तर नेतृत्व बहुमतको भएको थियो । पा“चौं महाधिवेशनको लाइन ठीक वा बेठीक त्यो त समयले समीक्षा गरिसकेको छ । तर लाइन र नेतृत्वबीचको विरोधमा म लाग्न छोडेर बहुमत नेतृत्वको पछि लाग्नु मनासिव देखिन । त्यस पछिका दिनमा पनि विचार र नेतृत्वका बीच अन्तर पर्दा गडवड हुने गरेको कटु अनुभव हामीस“ग छ ।

विचारको धरातलमा उभिने तर दाया“बाया“ गर्न नसक्ने भएकोले नै म सिंगो चौथो महाधिवेशनमा प्रताडित बनेको तीतो अनुभव यहा“ राख्नुपर्छ । पा“चौ महाधिबेशन पछि पार्टी फुट्यो । म एमवी मसालको कित्तामा ठोकिन पुगे । ०४२ सालमा म मसालको केन्द्रीय समितिमा रहेर काम गर्न थालेँ ।  ०४७ देखि ०५५ सम्म त्यो पार्टीको प्रवक्ता भएर एम.वी स“ग साह्रै नजिक बसेर काम पनि गरेँ ।

०४२ पछि मैले एमवीलाई राम्रो स“ग अध्ययन गरँे । एमबीले दलाल गद्दार भन्दै आएका क. पुष्पलालको बारेमा पनि अध्ययन गरेँ । एमबीले क.पुष्पलाललाई गद्दार भनेर ठुलै ग्रन्थ लेखे । तर उनले गद्दार रायमाझी भनेर कहिल्यै लेखेनन् । कांग्रेसको विरोध गरे । राष्ट्रियताको कुरा गरे जनतान्त्रिक आन्दोलनलाई संगठितगर्ने कुरा भुले । नत गद्दार पुष्पलाल र उग्रवामपन्थी विचारधाराको खण्डन जस्तै पञ्चायत विरोधी ग्रन्थ नै लेखे । संकिर्ण संयुक्तमोर्चा नीतिले आखिर पंचायतलाई नै बल पुराएको मैले महसुस गर्न थालेँ । २०४२ देखि २०५५ सम्म निकट बसेर राम्रै अध्ययन गर्ने अवसर पाए“ ।

एमबीको सशस्त्र संघर्ष सम्बन्धी नीति आज नगद भोलि उधारो भनेर उधारो नदिने साहुको सूचना जस्तै रहेछ भन्ने थाहा भयो । उहाँ क्रान्तिप्रति इमान्दार नभएको क्रान्तिकारी लÏफाबाजी र सिद्धान्तको कुरा गरेर भ्रम दिदै आएको बुझे पछि त्यहा“ रहने कुरा भएन । उहाँको संकीर्ण जडसूत्रीय संसोधनवाद विरुद्ध करीब एकदशक भन्दा बढी दुईलाइन संघर्ष चलाएँ । तर पनि उहाँलाई गुरु माने । उहाँसित व्यक्तिगत सम्बन्ध कहिल्यै नराम्रो भएन । उहाँको सक्रियता, निरन्तरता, र लगन अनुकरणीय छ ।

सन् १९८७ मा मुम्बैमा भएको रिमको दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा म पहिलो पटक एमबीसित भाग लिन गएको थिए । त्यस पछिका धेरै बैठकमा पार्टीको तर्फबाट भाग लिने अवसर पाएँ र पछिसम्म पनि त्यो निरन्तरता कायमै रह्यो । नेकपा (माओवादी)मा प्रवेश गरेपछि कम्पोसाको संयोजक बनेर नेतृत्व गरेकोे स्मरण गरेको छु । रिमको दक्षिण एशिया क्षेत्रीय संगठनको इन्चार्ज बन्ने अवसर पनि मिलेको थियो ।

०४६ सालमा देशभित्र पञ्चायत विरोधी आन्दोलन संगठित हुन थाल्यो । कांग्रेसका वरिष्ठ नेता गणेशमानले सबै शक्तिलाई समेटेर आन्दोलनको उठान गर्ने अभियानका लागि पहल लिए । २०४३ देखिनै म काठमाडौंको पार्टी इन्चार्ज थिएँ । गणेशमानले एमबीलाई भेट्न आमन्त्रण गरे । उनी लखनउ बस्नुहुन्थ्यो । आफू नआएर उहाँले मलाई पठाएँ । गणेशमानसित काठमाडौंमा भूमिगत तरिकाले करिब डेढघण्टा कुरा भएपछि फर्केर गएर सवै रिपोर्ट बुझाएँ । त्यो बेलाको हाम्रो संयुक्तमोर्चा सम्बन्धी संकीर्ण नीति परिवर्तन नगरे हामी पञ्चायत विरोधी आन्दोलनबाट कटिने र पार्टी पनि सकिने तर्क जवरजस्ती राखेपछि एमवी केन्द्रीय समितिको वैठक बोलाएर छलफल गर्ने कुरामा सहमत हुनुभयो । पछि २०४६ साल पुसमा राष्ट्रिय भेला बोलाएर कांग्रेस समेतका राजनीतिक शक्तिहरूसित पञ्चायत विरोधी संघर्षमा कार्यगत एकता र तालमेल गर्न सकिने निर्णय भयो । मैले ०४६को जनआन्दोलनको काठमाडौमा बसेर सक्रिय नेतृत्व गरँे । संयुक्त राष्ट्रिय जनआन्दोलन गठनको अग्रणी पहल र त्योद्वारा घोषित चैत्र २४ को आन्दोलनको सक्रिय अगुवाई भएको थियो ।

०५१ को छैठौं महाधिवेशनमा शसस्त्र संघर्ष सम्बन्धी फरक दस्तावेज पेश गरेँ । बहुमतद्वारा अस्वीकृत भए पनि पार्टीभित्र त्यसको पक्षमा राम्रो मत थियो । २०५३ मा राष्ट्रिय सम्मेलनद्वारा क.पुष्पलाललाई दलाल गद्दार भन्ने एमबीको मतलाई अल्पमतमा पारेर क. पुष्पलाललाई पुनस्र्थापित गरियो । मसालभित्र माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोण, एमालेको विश्लेषण, शसस्त्र संघर्षबारे गम्भीर मतभेद भएपछि ०५५ सालमा मसाल समूहबाट विद्रोह गरी ने.क.पा मसाल विद्रोही समूह गठन गरेँ । २०५७ साल पुस ११ गते माओ जयन्तीका दिन नेकपा (माओवादी)सित पार्टी एकताको औपचारिक निर्णयमा हस्ताक्षर भएपछि सोही दिन भारतको लखनउमा भएको पोलिटव्यूरो बैठकमा उपस्थित भएँ । पार्टी एकताको औपचारिकता २०५७ को ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्वारा भएको थियो । पार्टी एकतालाई ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनको दस्तावेज ‘महान् अग्रगामी छलाङ, इतिहासको अपरिहार्य आवश्यकता’मा छुट्टै शिर्षकमा महŒवका साथ उल्लेख गरिएको छ । त्यो बेलादेखि नै म ने.क.पा.(माओवादी)को पोलिटब्यूरो सदस्य रहदै आएँ । अहिले नेकपा माओवादीकेन्द्रको केन्द्रीय कार्यालय तथा स्थायी समिति सदस्यको जिम्मेवारी निर्वाह गर्दै आएको छु ।

पार्टीको निर्णय अनुसार जनयुद्धकालमा २०५९ फागुनमा दोस्रो शान्तिवार्ताको आन्तरिक वातावरणका लागि काठमाडौं आएर करीब एक महिना काम गरँे । त्यो बेला पार्टीभित्र स्पष्ट दुईवटा धारहरू– एउटा रायमाझी र अर्को पुष्पलाल धार देखा प¥यो । रायमाझीका उत्तराधिकारी मध्यका रवीन्द्र श्रेष्ठ अहिले एमालेमा पुगेका छन् । उनको विचारलाई २०६२ सालमा भएको ऐतिहासिक चुनवाङ बैठकले पराजित गरेको थियो  ।
२०६२÷०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनपछि शान्तिवार्ताको लागि पार्टीले जिम्मा दिएर पठायो । ०६३ जेष्ठ १२ गते गोकर्ण बैठकमा शान्तिवार्ता सम्बन्धी आचारसंहिता तयार गरियो, काम अगाडि बढ्दै गयो । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भए पछि २०६३ साल माघ १ गते अन्तरिम संविधान २०६३ घोषणा भयो । अन्तरिम संविधान २०६३ अनुसार बनेको व्यवस्थापिका–संसद्को सदस्य र पार्टीको तर्फबाट मुख्य सचेतक भएर आफ्नो जिम्मेवारी पुरा गर्ने अवसर पाएको थिएँ । पहिलो संविधानसभामा समानुपातिक सदस्यमा निर्वाचित भएर संविधान निर्मामा सक्रिय भूमिक खेलियो । २०६९मा शिक्षामन्त्रीहुने अवसर मिल्यो । १६ महिना ८ दिन शिक्षा भएर केही काम गरियो ।

कम्युनिस्ट पार्टी वर्ग संघर्षको उत्तम प्रयोगशाला र भर्भराउ“दो भट्टी हो । वर्ग प्रवृत्तिहरू यो भट्टीमा संधै खारिनुपर्छ । कोठा नबढारे फोहोर हुन्छ, विचारमा खिया परे वैचारिक संघर्षको भट्टीमा होमिनुपर्छ भन्नेकुरा माक्र्सवादले सिकाउ“छ । पार्टीभित्र विजातीय विचारका विरुद्ध वैचारिक संघर्ष चलाउने क्रममा सधैं प्रतिपक्ष र अल्पमतमा बस्नु परेको कटु तर समृद्ध अनुभव हासिल गर्ने अवसर मिलेको छ । पदका लागि विचारको विनिमय वा सम्झौता गर्न मेरो मनले कहिल्यै मानेन, त्यसैकारण चौंथो महाधिवेशनमा भाग लिने अवसरबाट बञ्चित हुनुपरेको कुरालाई म कहिल्यै भुल्न सक्दिन ।

विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन यसको स्थापनाकालदेखि नै दक्षिणपन्थी अवसरवाद, संकीर्ण यान्त्रिक र जडसूत्रीय संशोधनवादबाट मुक्त हुन सकेन । अहिले पनि यी दुवै प्रवृत्तिले समयसमयमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै आएको छ । विश्वकम्युनिस्ट आन्दोलनका अहिलेसम्मका समृद्ध अनुभवले के बताएको छ भने सर्वहारावर्गले क्रान्ति गर्छ, तर नेतृत्वले प्रतिक्रान्ति गर्छ । प्रतिक्रियावादी विरुद्ध उठेर विजय प्राप्त गरेको हतियार पुनः सर्वहारावर्गकै विरुद्ध प्रतिक्रान्तिको रक्षक बन्ने गरेको इतिहासले २१ औं शताब्दीको क्रान्तिलाई प्रतिक्रान्तिबाट जोगाउने वैचारिक संश्लेषणको माग गर्छ ।

अहिले म ७० वसन्त पुरा गरेर ७१मा दौडिरहेको छु । कम्युनिस्ट पार्टीमा लागेर काम गर्न थालेको पनि गन्दै जा“दा ५३ वर्ष भएछ । क्रान्ति निरन्तर चल्ने प्रक्रिया हो र चलिरहेको छ । नेपालमा क्रान्ति पुरा हुन अझै बा“की छ, त्यसका लागि विगतमा भन्दा झन सक्रिय बन्नुपर्ने आवश्यकता महशुस हुन्छ ।

पारिवारिक पृष्ठभूमि

राजनीतिक जीवनलाई पारिवारिक सम्बन्धले ठूलो अर्थ र महत्व राख्छ । मैले परिवारबाट जुनसुकै कठोर र संकटपूर्ण घडीमा पनि सधैं सहयोग र समर्थन पाएको छु । ‘बरु मर्नु तर दुश्मनका अगाडि कहिले पनि कायलनामा नगर्नु’ भन्ने आमाको भनाइ मलाई वर्गसंघर्ष र वैचारिक संघर्षमा खरोस“ग उत्रन महान्वाणी बन्यो । दुश्मनका अगाडि आत्मसमर्पण गर्नुभन्दा मर्नु श्रेयस्कर छ भन्ने आमाको प्रेरणाले मलाई कठीन घडीमा अगाडि बढ्न जीवन पर्यन्त प्रेरणा मिलेको छ ।

मेरो विवाह २०२६ साल मंसिर २६ गते बागलुङ कु“डुले निवासी दण्डपानी आचार्यकी छोरी चन्द्रकला पाध्या (सरला शर्मा)सित भएको हो । मेरो आन्तरिक इच्छा अन्तरजातीय विवाह गर्ने भए पनि सरलाको मामा र मेरो बाको चिरसम्बन्धले हाम्रो विवाह हुन गएको हो । सरला मेरो काममा कहिले पनि बाधक भइनन् । मेरो राजनीतिक जीवनको अर्धाङ्गिनी सरला हुन ।

आमा २०३१÷३२ सालदेखि नै बाथको रोगले पीडित हुनुहुन्थ्यो । बा सामाजिक व्यक्ति भएपनि आदत जुवातास खेल्ने थियो । म पञ्चायत विरोधी नेता, शिक्षक तथा सामाजिक अगुवा थिए । तीन छोरी शान्ता, शारदा, कल्पना र दुई छोरा राजन, साजनको आमा बनेर उनीहरूलाई हातखुट्टा लगाइदिने, पढाउने, वृद्ध अशक्त सासुको सुसार गर्ने, चुलोचौको, खेतबारी र गोठको सम्पूर्ण काम आफ्नो थाप्लोमा बोकेर सरलाले परिवार थामिन् । ०४२ साल पछि पुलिसले पटकपटक घर घेरेर सात वर्षको छोरा राजन र दश वा¥ह बर्षका छोरी शारदा र शान्तालाई गिरफ्तार गरेर हिरासतमा पु¥याउ“दा पनि परिवार कहिल्यै विचलित बनेन । म भूमिगत भैसकेपछि समाजमा पञ्चायत विरोधी भनेर हाम्रो परिवारलई अपमानित र तिरस्कृत हुनुपरेको पीडा पनि सरलाले खपिन् । त्यो कठीन घडीमा मलाई अगाडि बढ्न सहयोग नगरेको भए सायद मैले सा“च्चै पञ्चायती शासकसामु आत्मसमर्पण गरेर परिवार सम्हाल्नु पर्नेथियो । मेरो सा“च्चै क्रान्तिको इमान्दार सहयोद्ध कमरेड पाएकोमा गौरब गर्दछु र सरलाले मेरो जीवनमा गरेको सहयोगप्रति आभार प्रकट गर्नचाहन्छु ।

मेरा छोराछोरीहरूले मेरो बाटोमा कहिले पनि अवरोध सिर्जना गरेनन्, बरु आफ्नो ठाउ“बाट मलाई क्रान्तिमा लाग्न उर्जा प्रदान गरिरहे । मैले ०५७ सालमा ने.क.पा.(माओवादी)स“ग एकता गरेर युद्धको भु“ग्रोमा होमिएँ । साजन आइ एस्सी दोस्रो वर्षको पढाई छाडी मेरो स्टाफ बनेर पछिलागे । राजन पनि केही समय पछि पंजाव पुगेर पर्टीको काममा खटे । केही समय पछि पार्टी निर्णय अनुसार बाबुराम भट्टराई सित बसेर पार्टी काममा सहयोग गरे ।

सरला आजीवन चर्चेको घर, श्रीसम्पती सबै चटक्टै छाडेर मस“ग पछि लागिन् । युद्धकालमा छोरीहरू हामीस“ग नभएपनि कष्टकर जीवन बिताउ“दै आ–आफ्नै ढंगले सहयोग पु¥याए । ज्वार्इं भएकै कारण शुभशंकर कडेललाई सेनाले लगेर चरम यातना दियो । वामदेव गौतमको सहयोगले जीवनरक्षा भएको कहालीलाग्दो क्षण परिवार कहिले बिर्सेका छैनन् । छोरी शान्ता ज्वार्इं राजुलाई पनि रातीमा पटक पटक डेरामा पसेर तेरो बाउलाई कता लुकाइस् भन्दे सेनाले निर्घात कुट्यो । त्यसप्रकारको कष्टकर जीवन बिताउनु परेकोमा उनीहरूको कुनै बाधा, विरोध र प्रतिक्रिया थिएन र छैन पनि । त्यसैले म मेरो परिवारका सम्पूर्ण सदस्यहरूको साथ, समर्थन र सहयोगले यहा“सम्म पुगें र अहिले पनि सवैको सहयोग यथावतै छ ।

मेरो जीवनका सुख र दुःखका अविस्मरणीय क्षणहरू छन् । मेरो जीवनको सबभन्दा खुशीको दिन एमबी सिंहको पार्टीबाट विद्रोह गर्ने र माओवादीसित पार्टी एकताको घोषणा गर्ने दिन थियो भने दुःखको क्षण ०५९ असारमा सेनाले घर तोडफोड गरी मेरो कोठामा रहेका दुर्लभ सामाग्री समेतको पुस्तकालय बाहिर निकालेर आ“गनमा मट्टीतेल छर्केर जलाएको खबर छोरा राजनले दि“दा मेरो सिंगो जीवन जलेको अनुभूति भयो । महŒवपूर्ण र ऐतिहासिक दस्तावेज, कविता कथासंग्रह, लेखरचनाका पाण्डुलिपी जल्यो, दुर्लभ पुस्तक जले । त्यो दिन सबैभन्दा दुःखको दिन थियो । अहिले पनि त्यो सम्झि“दा मुटु चिरिन्छ । त्यस्तै मेरो राजनीतिक जीवनका सूत्रधार क. पुष्पलालसित पहिलो पटक भएको भेटाइदिने दाजु क. बलाराम उपाध्यायको मृत्युको खबरले म अलि भावुक र दुःखी भएको थिएँ ।

जीवन दुःखसुखको संगम भन्छन् तर जीवनलाई उत्प्रेरणा, उत्साह, सक्रियता र सुखको संगम भन्न मलाई मन लाग्छ । प्रतिकुलतालाई सहजै पचाउनसक्ने क्षमताको विकास मानिसमा समय परिस्थिति अनुसार हु“दोरहेछ भन्ने कुरा मेरो राजनीतिक संघर्षसित जोडिएर परिवारले गरेको संघर्षले पुष्टि गरेको छ ।

अन्तमा

जीवन  अविराम यात्रा हो । आमाको गर्भबाट झरेपछि सबैले यो यात्रा पुरा गर्नुपर्छ र आ–आफ्नो ढंगले पुरा गरेकै हुन्छ । तर सार्थक यात्राको लागि गरिने प्रयत्न र गतिशिलता मात्रै ग्राह्य हुन्छ । मानिस जन्मेपछि कति बा“च्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । असल कामको लागि अर्थात अरुको लागि उसको जीवनको कति समय खर्चेको छ भन्ने कुराले अर्थ राख्छ । मलाई जीवनको प्रारम्भिक कालमै प्रभावत गर्ने ‘मूहर्तमपि जीवेत नरशुक्लेन कर्मणा’ भन्ने नीति श्लोकले  प्रभावित गर्यो भने ‘दुश्मनका अगाडि कायलनामा नगर्र्नु’ भन्ने आमाको ढृढ महान्वाणीले वर्ग संघर्ष र वैचारिक संघर्षमा निरन्तर डट्ने उत्प्रेरणा मिल्यो ।

जीवन यात्रामा मानिसले धेरै मोड र घुम्ती पार गर्नुपर्छ । मोड दाया“ पनि हुन्छ र बाया“ पनि । कुनै मोड नदेखि अगाडि हिँड्नेहरू घुम्तीमा पुगेपछि दुर्घनाको शिकार भएका छन् । यात्रमा हाम्रो दुबै खुट्टा चाल्नुपर्छ । दाया“ खुट्टाले पनि टेक्नुपर्छ र बाया“ले पनि । देबे्र खुट्टा चाल्दा देबे्रतिर मात्रै गएको देख्ने र बाया खुट्टाले टेक्दा बाया गएको देख्नेहरूले बाटो बिराएका छन् । जीवनको उत्तरार्धसम्मको यात्रालाई पछि फर्केर हेर्दा मस“ग पश्चाताप गर्नु पर्ने खासै केही छैन । जीवनयात्राका अनन्य सहयात्री सबैप्रति म आभारी छु ।