निष्ठाको नमुना

उ आयो । आँधी बनेर आयो । तुफान बनेर हुनहुनाउँदै आयो । जसरी पनि आउनु थियो । निष्ठा बोकेर आयो । उत्साह र अनुशासनको भारी बोकेर आयो ।

धमनीमा धडकन बढेको छ उसको । इतिहास बोकेर गड्गडाएको छ उ । इतिहास रचेर आएको छ उसले । क्रान्तिको ज्वालामुखी फूटेको छ उसको छातीबाट । आज उ औधी उद्वेलित र प्रफुल्लित छ । युद्ध मैदानमा कुदेको विजेता सैनिक झैं । जेहोस उ जसरी पनि आउनु थियो । आइछाड्यो । अरु पनि आए । अरु प्रतिनिधि, पर्यवेक्षक अतिथि भन्दा भिन्नै किसिमले आयो । त्यसैले उ रमायो । विश्वास बोकेर आयो । एउटा कथा बोकेर आयो ।

उसका पछि एउटा सिंगो युग छ । नलेखिएको इतिहास छ युगको । अनेकौं मोडहरू आए उसको जीवनमा । उ कहिले चिप्लिएन अप्ठेरो मोडमा । उ बञ्चित छ । पीडित छ । सधैं ठगिएको छ मनमा पीडाको गरुङ्गो भारी बोके पनि कहिले बाहिर प्रकट गरेन । युग फेरियो । निष्ठा ढल्यो । मूल्य र मान्यतामा खिया प¥यो उसको अभियानमा । उसको विश्वास डलेन कलिहे पनि । इतिहासको मूल्य मागेन उसले । मूल्यांकनको प्रतीक्षामा छ अझै । उसको बुई चढेर थुपै्र माथि पुगे । तर उसले आजसम्म धरती छोडेको छैन ।

उ आयो
“कसरी आइस् रु” मैले सोधे ।
सेतो सुडौला पुष्ट नाडी मेरा अगाडि पसार्दै सगौरव देखाउँदै “यी” भन्यो ।
मैले अली कुरा बसझिन ।
“अरु कोही आएन रु”
“अहँ” अनकनाउदै जवाफ दियो ।
“किन रु” पार्टी भएपो ।

एकै छिन दुवै मौन रह्यौ । उसले स्पष्टिकरण पेसगर्दै भन्यो “शंभु पौडेलले सम्मेलन छ आउनु भन्यो । बाटो खर्च थिएन । कसरी पुग्ने रु आपदै प-यो । रिन सापट दिने कोही छैन । अलिवेर सोचेँ । एकमनले नजा भन्यो । राती सुतँे । निद्रा परेन । अर्को मनले भन्यो भोली साथीले केभन्लान । केभनेर मुख देखाउनु । जसरी पनि जानु पर्छ । जहाँ इच्छा त्यहाँ उपाय भन्छन् । अन्तिम उपाय सोचेर निदाएँ ।”

भन्दै गयो “ अर्को विहान उठेँ । घोपा क्यम्पमा रगत बिक्री हुन्छ भन्ने सुनेको थिएँ । सरासर उतै हानिएँ । एउटा ग्राहक टुपुक्कै मिल्यो । एक प्वाइण्ट रगत बेचेँ ।  । चार सय पाइयो । बाटा खर्च बनाएँ । आएँ मेश प्रबेस शुल्क पनि बुझएँ ।” उसले सगौरव वेली बिस्तार लगायो । रगत निकालेको नसाको डाममा आँखा प-यो । म स्तब्दित भए उसको निष्टा देखेर । पार्टी प्रतिको उसको इमान्दारीको तिरले मेरो आत्मा छिया छिया भयो । म लज्जित र पानी पानी भएँ उसका अगाडि । मेरो मन द्रविभूत भयो । म रुन मात्रै सकिन । उसको अनुहार हेरेर टोलाए मात्रै ।

मैले हाम्रो पहिलो भेट हुदाको क्षण सम्झेँ । एकजना असल कार्यकर्ता तयार गर्न सकेकोमा भित्र भित्रै रमाए पनि । सम्मेलनमा उपस्थित साथीहरूका अगाडि उसको नाडी देखाएर उदाहरण पेस गरेँ । मजदुर सम्मेलन सानदार रुपमा सम्पन्न भयो । शंभुलाई सम्मेलनले अध्यक्ष छान्यो । उसलाई टिकट काटेर सगौरव विदा गरेँ । मन गर्वले गदगद भयो ।

उसको जीवनको एउटा कहानी छ । सत्यकथा लेखिदिने उसको कोही छैन । उसको आत्माको गहिरो पीडा बाहिर बाट छामेर निको हुँदैन । उसका अगाडि गोहिका आँशु बगाएर पनि उसको घाउ शीतल हुने होइन । उसलाई इतिहासप्रति पछुताउ र पश्चात्ताप छैन । मैले हार र हरेस खान कहिले सिकाइन । दश हण्डर खाएर पनि उ अझै सहनशील बनेर उभेको छ । उसको जीवनयात्राको सत्यकथा यसरी सुरु हुन्छ ।

मेरा विश्वासपात्र । इमान्दार अनुशासित र समर्पित सिपाही । पहिचान नभएको गुमनाम पहाडी ठिटो । थोत्रो झोला भिरेर मधेशतिर झ¥यो । भारतीय पल्टनमा भर्ती हुने मन बनायो । कुनाघाट तिरको बाटो ततायो । कलकलाउँदो अनुहार । भोलाभाला पन । ओठ निचोरे दूध आउला जस्तो लायक युवक । कापी कलम बोकेर स्कुल जाने दिनमा लाहुरे हुने सपना साँचेर कताकताबाट बुटवल आइपुग्यो उ ।

फोकल्याण्ड, जाफ्ना र कार्गिलको जंगलतिर लडाईं खेल्दा परेको रगको छिर्काले भिजेको थोत्रो जडाउरी जर्सी शरीरमा पटक्कै मिलेको छैन । उतिबेला भारतीय सेनामा भर्ती हुनेहरूले बोक्ने फाटेको रुक्साइट हल्लाउँदै सुनौली आइपुग्यो । खस्यौलीबाट बस चढ्यो । त्यतिबेलै मेरो पहिलो नजर उमाथि परेको हो । बसमा ठेलमठेल भीड भएकोले बोलचाल हुन नपाए पनि मेरो आँखाले उसको निगरानी गरिरहेको थियो । सुनौली सीमा काटेपछि पनि मेरो आँखाले पछाउन छोडेन । सीमा काटेपछि रिक्साले तान्न थाले । उ अलमलमा छ । कता जाने के गर्ने थाहा छैन । एउटाले पच्चिस भन्यो । अर्कोले बीस माग्यो । हिँडेर तीन मिनेटमा पुगिने बाटोमा लाजै नमानी बीस तीस भन्छन् । गरिबीभित्र पनि इमान छैन । अनजान र अनिभिग्यता अचुक अस्त्र बन्छ उनीहरूका लागि । सीमाकाटे पछि नेपाली ठगिदै र लुटिदै आएका छन् उनीहरूको घर आगनमा । अनजान, निर्धो निमुखोका अगाडि शेर भएर पेश हुन्छन् ।

एकैछिन उ र रिक्सावालाबीचको दहलफसल सुनेँ । सुनौलीका रिक्सावालाको चर्तिकला हेरेँ । उसको अनुहार एकपटक नियालेँ । सहयोगको मनोविज्ञान उसको अनुहारमा पढेँ । अब ठगिने नै भयो भन्ने लाग्यो । उनीहरूको बीचमा छिरेँ । केहो रु के भयो रु भन्दै सोधेँ । उसले मलाई एकपटक तलदेखि माथिसम्म हे-यो । “कहाँ जाने रु” डराउदै “गोरखपुर जाने” भन्यो । “कोही साथी छ रु” छैन । “म पनि उतै जाने हो आउ सँगै मसित” भने । रिक्सावालालाई एकपटक आँखा देखाएँ । “नही चाहिए तुम्हारा रिक्सा । ये मेरा भाई है” भन्दै रिक्सावालाहरूको बीचबाट तानेँ । रिक्सावाला कराउँदै थिए । हामी अगाडि बढियो । सुनौली–गोरखपुर डिपोमा गोरखनाथ गेट अगाडि पुगेर झरियो ।

बाटोमा निकै कुरा भयो । घर सोधेँ । घरको अवस्था सोधेँ । आमा बाबु दाजुभाई बारे बेलिविस्तार लगायो । गरिबी र बेरोजगारीको कथाले थला परेको परिवारको एक सदस्य थियो उ । कुनाघाटमा भर्ति खुलेको छ भन्ने हल्ला सुनेर यता हानिएको रहेछ । समयको भेलमा दुबै किनारतिर हाँनिदै छाल बनेर बगेको छ जीवन । भोक, रोग र शोकको समुद्रमा पौडीखेल्न नजान्नेहरू उतै डुबेका छन् कति । कति किनार पनि लागेका छन् । भविष्यको उज्यालो सपना साँचेर उ यता हानिएको छ ।

हिजोदेखि केही खाएको रहेनछ । सोझो राईको छोरो । घरबाट पहिलो पटक निस्केर परदेश लागेको छ उ । चिनेजानेको मुखबोलाई कोही छैन । लजालु स्व्भाव छ उसको । कसैसित बोलेर साथी बनाउन पनि हिम्मत गरेको छैन। गोरखपुर सम्मको भाडा मैले तिरिदिएँ । भरे पछि बसभाडा भन्दै पैसा निकाल्न थाल्यो । मैले पर्दैन भने । मेरो डेरा नजिकै छ । उतै जाउँ खाना खाए पछि म नै कुनाघाट पुर्याउँला , मैले चिनेका नेपाली भाईहरू छन् परिचय गराइदिउँला भनेँ । एकैछिन अलमलिए पछि आखिर हुन्छ भन्यो ।

मलाई उसको इमान्दारी र भोलाभाला पनबारे पुरै थाहा भयो । उप्रतिको मेरो विश्वासले भूमिगत पार्टी केन्द्रीय कार्लालय लैजाने आँट गरेँ । हामी दुबैजना गोरखनाथ पूर्वको मुुसलमान बस्तीभत्र छिरियो । नेपाल कम्युनिस्ट पार्टी (मसाल)को जमुनिया स्थित केन्द्रीय कार्यालयको अगाडि पुगेर रिक्सा रोक्यो । हामी भित्र छिरेर झोला बिसाइयो ।

कार्यालय उस्तै अस्तव्यस्त अलपत्र छ । महिला नभएको घर, बास्नाविनाको फूल उस्तैउस्तै हो भन्छन् । महिला झोपडीको सौन्दर्य हो । महिला विनाको महलको कुनै सौन्दर्य छैन । हाम्रो कार्यालयभित्र दुर्गन नेपाली गाउँको गरिबी छिरेको छ । थोत्रा थाङ्ना कुच्चिएका सिल्टेका डेक्ची, पिँधमा कालो जमेको छ वर्षौदेखि । घरभित्रको सरसफाई गर्ने जाँगर र कला पनि त हुनुपर्यो । समय ठूलठूला सिद्धान्तका कुरा गर्दै बित्छ । विचार खाने दर्शन ओड्ने सिद्धान्त विछ्याउने, अनौठो आदर्श । मिठो खायो , राम्रो लगायो भने बुर्जुवा हुने । सर्वहारा हुन फोहोरी नै हुनुपर्ने । क्या अनौठो स्कुलिङ त्यतिबेलाको ।

हामी पुग्दा एम।बी। पल्लो कोठामा थोत्रो सिरकको अडेस लागेर लेख्दै थिए । अरु एकदुई जना साथीहरू खानपिनको तरखरमा थिए र हामीले दरोसँग हात मिलाएर भेघघाटको औपचारिकता निभायौ । हामी पनि काममा सरिक भयौँ ।
लाहुेर हुन हिँडेको पूर्वेली राई भनेर परिचित गराएँ । हाम्रो भेटाघाटको बेलिविस्तार लगाए । एम।बी।सँग सल्लाह भयो । कार्यालयमा राख्ने कुराको सहमति गरियो । त्यतिबेला म गोरखपुर कार्यालयमा बस्थेँ । एम।बी। आठपाँच मात्रै आउँथे । उ कार्यालयमा मेरो मुखबोलाउ साथी भयो । साथै लिएर हिँडे । गोरखपुर घुमाएँ । बजार देखाएँ । किनमेल गर्न सिकाएँ । लाहुेरको कथा सुनाएँ । आखिर एक हप्ता सँगै बसेपछि भर्ति हुने सपना बिर्साएँ । पार्टीमा निर्णय भयो । उ कार्यालयको सहयोगी भयो ।

पार्टीमा कार्यकर्ताको हन्तकाल थियो । केही समय उ उतै गोरखपुर बस्यो । भित्र बाहिर गर्न सिक्यो । पार्टी र क्रान्तिप्रति असीम आशावादिता झल्क्यो अनुहारमा । लेखपढ गर्न सिक्यो । टुटेफुटेको हिन्दी सिक्यो । सबैसित परिचित र प्यारो भयो । अखिर बहुदल आयो । कार्यालय बुटवल स¥यो । लामो समय त्यतै बस्यो । मेरो कार्यक्षेत्र काठमाडौं भयो । हाम्रो सम्पर्क पातलियो ।

समय वित्दै गयो । पार्टीभित्र अन्तरविरोध चार्किँदै गयो । त्यसको चपेटामा उ पनि परेछ । उ गुटको मान्छे थिएन । उसले न त गुट बनाउन जानेको थियो न अन्यथा गर्न । उ सिरप पार्टीको इमान्दार कार्यकर्ता थियो । उ मसित नजिकको मान्छे भनेर शंका गरिएछ । सताइए छ र कोशी पूर्व लखेटिएछ । त्यती बेला मसालको कोशी पूर्व संगठन थिएन । भएको सम्पर्क पनि दिइएन छ । उ पूर्व गएर साफ दुःख पाएछ ।

यो मनो रोग । यो संकीर्णता । यो संकट नेपाली पार्टीहरूको । स्वस्थ्य लाइन संघर्षको गीत गाइन्छ । जनवादी केन्द्रियताको किर्तन लगाइन्छ । तर मुखियाको विचार सित सहमत होस् नहोस् चुक्लीको भरमा नेटो कटाइन्छ । पार्टी भित्र गुटको खेती मौलाउँ छ । गुटकै बलमा पदको लेनदेन हुन्छ । शंकाको भरमा सोझा सिधा कार्यकर्तालाई कित्ता काट गरिन्छ । आखिर पार्टीको मान्छेलाई गुटको दलदलमा धकेलिन्छ । गुट नहुनेको कन्त विजोग हुन्छ । त्यो रोग कम्युनिष्ट पार्टीमा मात्रै होइन सबैतिर व्यप्त छ ।

मजदूर संगठन कमजोर थियो । त्यसको जिम्मा मैले लिएँ । मजदुर सम्मेलन वीरगञ्जमा गर्ने निर्णय भयो । म सम्मेलन सफल पार्न मसक्कै लागेँ । शंभु पौडेल (जनयुद्धमा वारामा सहिद भए)लाई त्यस क्षेत्रमा पहिलेनै खटाएको थिए । उनी पर्टीका अनुशासित र इमान्दार सिपाही हुन् । उनी प्रति पनि साथीहरूको एक प्रकारको आग्रह थियो । अली परको साथीलाई नजिक बनाउन नसक्ने पर्टीको रोग हो । त्यसैले होला मसाल रापती, धवलागिरि र लुम्बिनीका केही जिल्ला बाहीर निस्कन सकेन । संकीर्णताको सुकेनास र संकुचनको सिकार भएको छ अहिले सम्म ।

पार्टीभित्र कारवाही भयो भने कोशी कटाइन्थ्यो । मेरो कर्मथलो पछिल्लो पटक मेचीकोशी प-यो । पूर्वको साइत गरेँ । झोला बोके उसलाई संझे र खोज्दै गएँ । धरानको रङ्गशाला छेउमा भेटँे । उसलाई नभेटेको निकै समय भएछ । पीपलको बोटमुनि एकजना महिला सहित दुवैजना गिटी कुट्दै थिए । एउटा नानी नजिकै थाङ्नामा निदाइरहेको थियो । अर्को अली पर माटोमा खेलिरहेको थियो । महिला को हुन एकिन भएन । उसको विवाह भएको पनि थाहा थिएन । विवाह भए पनि दुई दुईवटा बच्चा हुने समय थिएन । म अलमलमा परे । कोही छिमेकी वा आफन्त होला भन्ने अनुमान गरेँ । साँझपख पुगेको थिए । काम छाडे दुवैले एक एक जना बच्चा च्यापेर मलाई संकेत गर्दै अघि बढे ।

छेवैको सुकुम्वासीमा बनाएको छाप्रोमा छिराए । उसले जीवन कहानी सुनायो । साह्रै दुःख पाएछ पूर्व आएर । भर्ती हुन खर्चपानी बोकेर हिडेको उसले घरतिर फर्किन अहिलेसम्म आँट गरेको छैन । पार्टीले मेचिकोशी बस्न भनेपछि घर जानु पनि भएन । सोझो राई । खाइलाग्दो । वैंश चढ्दै थियो । प्रेमसम्वन्ध भएछ । कताकताबाछ दुई छोरीकी आमा आइलागिछन् । तीनै जनालाई सिहारे छ । राती खोलाबाट टुंगा ल्याउने दिनभरी पीपलको छहारीमुनि बसेर कुट्ने । दुई टिन बनाउने । दुई टिन पसिनाको मुल्य मात्रै २४ रुपैया थियो उतिबेला । त्यसैले गुजरा चलेको रहेछ चार जनाको ।
तर पनि उसको पार्टीप्रति आस्था र विश्वास उत्तिकै छ । ‘जोगीको घरमा सन्नेसी पाहुना’ भन्छन् । मेरो झेला विसाउने ठाउँ भयो सुकुम्वासी छाप्रो । छाप्रो नयाँ रहेछ । छाप्रोको पेट रित्तै छ । मजेरीमा लुंगी विछाएँ झोलाको सिरानी राखँे । मिठो निद्रा प¥यो । रंगिन सपना देखिए छ त्यो रात । पवित्र पसिनाको पौरख मेरो कमरेडको । उसको विपन्नताभित्र असिम उत्साह र जाँगर छ । उसले कहिलै हरेस खाएन । छाप्रोमा सुतेर सुन्दर विहानीको सपना देखें पूर्वमा पार्टी बनाउने ।

विहान उसलाई लिएर निस्के । एमाले सांसद कुन्ताको घरमा छिरियो । समस्या राखें । पाँचसयको नोट दिएर कहिले नविर्सने गुन लगाइन उनले र त्यही पैसाले अलिकति दालचालम किनियो । बाटाखर्च दिएर उसलाई बुटवल पठाँए । सुकुल दुई तिनवटा व्लाङकेट, भाँडाकुडा मगाएँ । उसलाई वुटवलको गाडीमा चढाएर म विराटनगर झरे । मेघराज आचार्यको घरमा छिरे । रामै्र सत्कार गरे । एक क्विन्टल चामल दिए । दुःखको समयमा ठुलै गुन भयो । फर्किदा घोपा क्पाम्प छिरे । डा।सुन्दरमणि वी।पी।कोइराला मेमोरियल अस्पतालको डाइरेक्टर हुनुहुन्थ्यो । मेरो कार्यकर्ताको कथा सुनाएँ । विस्नुलाई सरसफाइको काम मिल्यो । दिनको असी रुपैयाँ ज्याला उसका लागि धेरै ठूलो सहयोग भयो । मैले त्यो गुन कहिलै बिर्सिन ।

हाम्रो दिन फि¥यो । मैले उसलाई घरबाट स्वतन्त्र बनाउन गरेको प्रयत्न सफल भयो । बच्चाको रेखदेख गर्न उसको बहिनी आइन । मैले उसलाई लिएर निस्के । मोरङमा संगठन बन्यो । झापामा सम्पर्क बनाएँ । धरानलाई केन्द्र बनाइयो । धनकुटामा पार्टी निर्माण भयो ।

हामी इलामको यात्रामा निस्कियौं । दमकबाट रतुवा खोलाको बाटो लागियो । हामी जस्तै एकजना सुकुम्वासीलाई साथी बनायौं । इभागें साइलाले बाटो देखाए । एकरात रतुवा खोलामा बास बस्यौं । एउटा गरीवको छाप्रोमा मुढा जोतेर रात काटियो । अर्को दिन इभाङ् पुगियो । इभाङ् सहिदको रगतले सिंचेको भूमिका पाइला राख्दा भित्रैदेखिउर्जा उत्पादन भएको अनुभूति भयो । एक रात वितायौं । सिस्नोको तिहुनमा मकैको ढिंडो डोभेर खाएको विर्सिएन । रत्नकुमार वान्तवाको शालीकमा एकथुंगा फूल र एक अँजुली श्रद्धा र सम्मान चढाएर माइखोला तरेर इलाम निस्केको स्मरण ताजै छ ।

मेरो मेचीकोशीको दुःखसुखको सहयोद्धा अझै सक्रिए छ पार्टीमा मैले २ वर्ष पूर्वी पहाड र तराइको बाँझो फोरँे । वेलारवेसीको बाटो खनेर पकेट खर्च बनाएँ । अहिले जो जहाँ भए पनि घनश्याम राई, हेमराज भण्डारी, तुलसी ओझा, थमन सिंहराई अरुण बराल समेतका साथीहरूको साथमा पूर्वको सेरोफेरो चहारेको कुरा कहिलै भुल्न सक्दिन । छिनताङले मलाई साहैं मायाँ ग-यो । किताव प्रसालदे छिनताङ काण्डको पाना पल्टाए । मानबहादुरको महानता कम थिएन । मसाल छाड्नु भन्दा पहिलेनै थमन सिंहलाई पूर्व तयारीका लागि ऋषिको साथ लगाएर युद्धमा पठाएको थिए । ऋषि समेतका योद्धा मेरै काखमा हुर्केका थिए । क्रन्तिप्रतिको निष्ठा बोकेर उनी प्रति उचित व्यवहार भएन भन्ने कटु खवर सुनेर दुःखी भएँ ।

उ इमान्दार छ । पद खोजेन उसले । चलाखी सिकेन कहिले । उर्लेन बर्खाको खहरे बनेर न कुर्लन जान्थ्यो । उसको उतिच मुल्याङकन भएन । जीवन पर्यत्न नेता हुन सकेन । युद्धमा पसिना मिसायो । नौ हण्डर खायो । आजभोली झल्याक भलुलुक्क भेट हुन्छ । भेट हुँदा दुःख पोख्दै विमात्री तिरको परिएछ दाई भन्दै व्यङग कस्छ । मनमा चसक्क घोप्छ बचनको बाणले । धनकुटा पार्टीमा छु भन्छ । कहाँ छस् भनेर सोध्न डर लाग्छ ।

अतितलाई संझे हाम्रो भेट आकस्मिक संयोग थियो । भर्ती हुन मसक्कै आटेर हिँडेको एउटा ठिटोको जीवन यात्राको उर्लंदो वेगलाई अर्को दिशामा मोडिएको उसलाई पत्तै भएन । आफ्नै जन्मथलोमा रगत पसिनाले सिंचेर हराभरा बनाउने सपना देखाएँ । सर्वहाराको संस्कार सिकाएँ, संस्कृति सिकाएँ, त्यसैले उसले रगत बेच्न तयार भयो क्रन्तिका लागि र उर्लेर आयो उ ।
२०७३।३।१८
स्वगृह