फेवा र माछापुच्छ्रेको फेदमा रमाउने

मलाई प्रकृतिले निकै ठूलो गुन लगाएकी छे पटक पटक । बाग्लुङ जेलको बन्द कोठरी थुनिदा तैले लगाएको गुन जीवन पर्यन्त भुल्ने छैन । दक्षिण तिरको भेन्टीलेसन सानोचर बाट पारी पाखोलाई चोरी चोरी चियाएर कठोर जेल सजाए सजिलै विताएको थिए । अलिकति आकाशको मुख देख्न पाए पनि हुने थियो भनेर बसेको बेला हरियो पखेटो देख्न पाउ“दा कति आनन्द भए होला । सायद त्यो आनन्दानुभूति कमैलाई हुन्छ होला । म पागल बनिदिन्छु तिम्रो का“खमा बसेर टोलाउन पाउ“दा । म पागल वनिदिन्छु प्रकृतिको आगनमा नाच्न पाउ“दा । मलाई लोकले पागलै भनोस कुनै मतलव छैन । वैशाख जेठको गर्मीमा आगनमा हजुरवा सित सुतेर आकाशका तारा गन्दा गन्दै निधाएको मैले भुल्न सक्दिन ।

के यो मेरो साच्चै बौलठ्ठी पन हो वा प्रकृति प्रतिको सम्मान ? के म कतै एकोहोरो वोहुलाहा त बनिन ? म अल्यास्स हुन्छु र मनमनै जवाफ दिन्छ यो मेरो माटोको मोह हो । प्रकृति प्रतिको अनुराग, तपस्या र सायद समाधी पनि यही होला । मानिस पागल बनेर मात्रै प्रकृतिको पहिचान गर्न सक्छ । मेरो धर्ती मेरो प्रकृति म तेरो खोकिलामा समाधी लगाउने छु र समाहित हुने छु । मन अहिले नै मन म त्यो ल्याकतको छु कि छैन ? मलाई तेरो काखमा समाहित हुने अनुमति छ कि छैन भनिदे आजै ।

फेवा र माछापुच्छ्रेको फेदमा रमाउन आउने सवै पागल हुन । राराको रौन चुम्न सक्नेहरू वा सगरमाथाको हिम पहिरोमा पुरिनेहरू उसो भए सवै पागल हुन † एका विहानै सारंकोट तिर दौडिनेहरू सवै मूर्ख पागल हुन् । उसोभए म पनि मूर्खहरूको वीचमा पागल वनि दिन्छु ।

प्रकृतिको पहिचान नगर्नेहरू सा“च्चैका पागल हुन् । प्रकृतिको नियमबाट स्खलित सुन्दरताको पहिचान गर्न नसक्नेहरू, कृतिम मोजको खोजमा भौतारिनेहरूले एकपटक सोचुन । आÏनी आमा भन्दा सुन्दर र राम्री यो संसारमा अरू कसैको आमा हुन सक्छे ? त्यसैले म भन्छु म पागल प्रेमि प्रकृतिको, उपासक मेरो धर्तीको सर्जक माटो हो । म प्रकृतिको खोकिला भित्र हराउन र रमाउन चाहने एक पीडित पागल ।