स्रष्ठा
समय बगेको छ, इतिहास बगेको छ । समयको तरंगमा पौडि खेल्दै र इतिहासमा पाइन लगाउँदै शिखर चढ्न समयले थोरैलाई मात्रै अनुमति दिएको छ । आज समयले श्रष्ठाहरूका माझ एकक्षण रमाउने अवसर दिएको छ । मन त्यसै त्यसै पुलकित छ । आस्था र विश्वासको धरोहर उच्च छ । आÏनै वान्की, आफ्नै शैली आस्था र विश्वासहरू । कर्म नियत र नयती आ–आफ्नै छन् । शिखर अनेक छन् चढ्नका लागि । शिखर चुम्ने संकल्प बोकेकाहरू कति सफल भएका छन् इतिहास रचेका छन् ।
स्रष्टाको संसारमा धेरै तेन्जिङ शेर्पा र हिलारी बनेका छन् । आज मलाई कता कता स्रष्टाको माझमा पाउँदा ससानो शिखर तिर साइत गरौं गरौं जस्तो लाग्छ । शिखर चुम्न नसकेपछि वेशक्यम्प सम्मको यात्रा थालौ थालौ लाग्छ । तर नि मेरो बाटो रसिक यात्रा होइन रूखोवारी जोतेर वाली लगाउने छ ।
म गोरु । साँझ बिहान दाम्लोमा बाँधिएर खाई नखाई जुवामा नारिनु पर्छ । एकाबिहानै हलोमा नारिनु पर्छ । हलीको आदेश मुताविक छेउकुना राँटोे नराखी मार्नु पर्छ । समयको कृपा खाएर । पानीको तिर्खालागे पनि हलो तान्नै पर्छ । चैत्रको पटपटे घाममा बा“झो छिचल्नै पर्छ मेलो सार्नै पर्छ । आधुनिक औजारको युग आए पनि हामीलाई जोत्न बुढाहलीहरू अझै अनौको टुुुप्पो समाएर एउटा हातमा लठ्ठी चलाएकै छन् पुरानो हलो जोत्न ।
हामी जुवामा नारीएका गोरूहरू साहित्यको सितल छहारी मुनि एकै छिन सुस्ताउन पाउ“दा उतै उतै हराइ दिउ लाग्छ स्रष्ठाको संसारमा । लालीत्यको संसारमा अलिकति चियाउन मन लाग्छ ।
पौरखीहरू सधै कुदेका छन् हातमा औजार बोकेर आ–आÏनो कर्म थलो तिर पाइलाहरू कुदेका छन् निवको टुप्पोमा साध लगाउ“दै र पाइन थप्दै नया“ इतिहासको रचना गर्न नयाँ संसारको निर्माण गर्न । आÏनै संसारको रचना गर्ने, आÏनै संसारमा रमाउने, नाच्ने, गाउने रूने, हास्ने र ह“साउने कलापारखीले मात्रै गर्न सक्छ ।
कल्पनाको संसारमा वसन्तको वहार छरेर जाइ, जुही, बेलीचमेली रंगीविरंगी गुलावको मुस्कुराहटमा लाडिएर प्रकृतिको पोल्टामा लुटपुटिन सक्ने संधै संधै खेल्न र खेलाउन सक्ने स्रष्टाको संसार साच्चै सुन्दर छ । साच्चै स्वर्ग त्यसैलाई भनेका होलान् ।
कल्पना छ कविको संसारमा, भाव र विचार छ कलाकारिताको संसारमा । वसन्तको बहार छरेर धर्तीमा सिंगार पटार गर्न सक्ने कारिगर समयको, आÏनै पाराको अद्भूत सन्तान धर्तीको । बौलाह र पागलपन कसैका लागि, एकलका“टे मुढी र एकोहोरो कसैकालागि तर उ आÏनैका लािग भने संसारको रचना गर्ने एउटा पारखी एउटा पौरखी इतिहास निर्माण गर्ने एउटा यात्री । यात्रा अनन्त छ, हजार विघ्नवाधाको प्रवाहनगरी निर्विघ्न अगाडि बढेको छ आउ“दो पुस्तालाई बाटो देखाउन वर्तमानको अगुवाइ गर्न एउटा कवि, एउटा साधक स्रष्टा युगको ।
कवि कलाकार र स्रष्टाको दिल चोखो छ, आत्मा कञ्चन छ । कंचन मुलबाट संग्लो रचना बहन्छ । मैलो दिल वोक्ने कलापारखीको पौरख धमिलिन्छ, वर्तमानमा बादल लाग्छ र इतिहास वांगिन्छ । शुक्ल विचारले कञ्चन रचनाको झरी बर्षाउ“छ । मेरो मनको शिखर, मेरो दिलको देवकोटा सधै कंचन विचार वोक्यो सपनाको सफा संसार रच्यो आफै भित्र फल्यो फुल्योे र समकालिन साहित्यलाई समृद्ध ग¥यो । कति सफा कति महान् । मेरो देवकोटा ।
मेरो देवकोटाई मेरै मात्र वनाउन मन लाग्छ । कसैले एकलौटी वनाउ“न खोज्दा इष्र्याले औडाहा हुन्छ । आÏनै मन मञ्जिलमा संधै सजाउन सधै संगै लेख्न खेलाउन र रमाउन अचाक्ली मन लाग्छ ।
मेरो इच्छुक कलम बोकेर कस्सियो अन्याय र अत्याचार भत्काउन । आफू गुम्यो नया“ संसार रचना गर्न । नया“ इतिहास रच्यो कलमै बोकेर । घन बोक्ने हातले कलम उचाल्यो । अनौ समाउने हातले कोरा कागजमा काप्यो । त्यो नै बुलेट बन्यो दुष्टहरुका लागि । स्रष्टालाई मासेर राज गर्न खोज्नेहरु आखिर आफै मासिए । मेरो सहयोद्धा कसैले एकलौटी बनाउन पाउ“दैन । ती मेरा हुन् त्यसैले सबैका हुन् । ती सबै सबैका हुन् त्यसैले मेरा पनि हुन् ।
म सवै स्रष्टाको सम्मान गर्छु कलापारखी र कलाको पनि । मलाई वञ्चित गर्न नखोज मलाई तिमीहरूको पौरखभित्र पौडी खेल्न मन लाग्छ । मेरो मन यसै यसै रमाउ“छ, मैले संसारै बिर्सिन्छु, तिमिलाई र स्वयं आफैलाई तिम्रो पौरखको कंचन पोखरी भित्र डुवुल्की मार्दा, मेरो उन्माद, मेरो चन्चलता र अर्धैर्य कलापारखीको शैली, स्वर, वान्की, सुन्दरता र शीपमा पोखिन्छ । मेरो अग्रज स्रष्टाहरू कवि कलाकारहरू मैले तिमीलाई कसरी भुलु । म तिमी भित्र हराउन खोज्छु तर किन किन सक्दिन । स्रष्टाको संसारमा समाहित भएर रमाउन खोज्छु, संगसंगै भरिया बनेर सहयात्री वनिदिन खोज्छु तर किन किन सक्दिन । तिम्रो संसारमा भासिन खोज्छु तर जति बल गरेपनि तिम्रो पाउ छुन सक्दिन । सायद हुन सक्छ मेरो योग्यता पुगेन हैसियत भएन । त्यसैले म ठगिए म पछि परे, म हराए बाटोमा, मैले बाटो बिराए र अलपत्र परे स्वार्थीहरूको संसारमा ।
म मानिस छिपछिपे । मेरो त्याग, तपस्या र समाधी छिप छिपे । मेरो ज्ञान, गुन, शिप र लगन सतही र छिप छिपे । छिप छिपे भित्र गहि¥याइ भेटिदैन । धेरै छिप छिपेहरू कंचन र पवित्र पोखरीमा वसन्तको रंग छरेर आफूलाई अब्बल देखाउन लागिपरेको देखेर उराठ लाग्छ ।
यो दुनिया“ विज्ञापनको मेला हो । नक्कली विज्ञापनको वालीले सक्कलीको संसार धमिल्याएको छ । आजभोलीको हावा, पानी र परिवेश प्रदुषित छ । अस्वस्थ्य परिवेशले स्वस्थ्य शुक्लकमर्, रामो र चिन्तनलाई कलुषित गर्छ । सोचमा मिसावट, शैली र वान्किमा मिसावट, लगन र शीपमा मिसावट, शासनमा मिसावट, रासनमा मिसावट राजनीति र कुटनीतिमा पनि मिसावट । यो मिसावटको दुनिया“ यो नक्कली विज्ञापनको दुनिया“ म विलखबन्द छु मिसावदै मिसावट देखेर जताततै ।
गाउ“ पाखा पखेरा तिर आÏनै इमान, जवान र धर्म छ । अझै सत्य र सादकी छ । अव उक्लनु पर्छ पहाड र हिमालको कछार तिर । शुद्ध हावा पानी परिवेश र असल विचारकालागि प्रकृतितिर फर्कनु पर्छ । मानिस जति प्रकृति तिर फर्किनछ उतिनै उसको चित्त शान्त हुन्छ, ज्ञानको ढोका खुल्छ, सत्यको नजिक पुग्छ, असत्यको पहिचान हुन्छ र मानिस मोक्ष हुन्छ ।
सायद त्यसैले होला पावन कालीको किनारमा जैमिनि, पुलस्त ऋषेश्वरहरूले आसन जमाए । त्यसैले होला हिजोका ऋषिमुनिहरू तपोवन खोज्दै पाखा पखेरा नदी किनार र हिमालको कछार तिर लागे । कल्पनाका महादेव पार्वती र गणेशको वासस्थान हिमालमै थियो । इतिहासका धरोहर व्यास र बुद्धको वास पहाड कन्दरा, कुटी र जंगलै तिर थियो । त्यहा“ कुनै प्रदुषण थिएन मिसावट थिएन, सच्चाइ र इमान थियो । सक्कली संसार थियो ।
नक्कलीको संसारमा बाच्न नक्कली नै हुनुपर्छ भन्ने दवावले मलाई च्यापेर ल्याउछ । म कसरी मिसावट मदिरा पिएर जिउन सक्छु यो संसारमा । प्रदुषण पिएर बा“चेको जीवन संधै दीर्घरोगी बनेर विचारको पश्चतापको पोखरीमा पौडिखेलेर संधै तड्पेको हुन्छ संसारमा । त्यसैले होला यो मिसावटको संसार छाडेर आजभोलि किन किन कवि कलाकार स्रष्टाहरूको जमघटमा मिसिइउ“, मिसिइउ“ लाग्छ । उतै हराउ“ हराउ“ लाग्छ ।
समयमै पु“गे । पुग्नु पर्नेनै थियो त्यसैले पुगे । समयमा नपुगेको अपगाल आउ“छ कि भनेर पुगें । समयको ख्याल नगर्ने नेपाली परम्परालाई चुनौती दिंदै सगौरव कार्यक्रम स्थल पुगें ।
आजभोलि किनकिन मलाई बन्दुक बोक्नेसित होइन कलम बोक्नेसित औधी डर लाग्छ । कलममा पाइन राखेर पर्खेका साहित्यकारहरू तिललाई ताड बनाउन उत्तिकै सिपालु छन् भन्ने पनि मलाई राम्रै थाहा छ । त्यसैले समयका सिल्पीहरूको आलोचनाको तारो बन्नु भन्दा समयमै पुग्नु राम्रो होला भन्ने हेक्का राख्दै समयमा पुगिए होला ।
मेरो बाटो पर्खेका म पुगेको सुईंको पाएर दौडदै बाहिर आए स्वागतको औपचारिकता सहित आगन सम्म डो¥याएर । उपस्थिति नेपाली चलन अनुसार पातलैै थियो अपरिचित अपरिचित परिचित परिचित सवैसित जधौं साटे । त्यस्तै असहज असहज, सहज सहज वातावरणभित्र हराए । समयको शिखरमा डा“डामाथिको जुनझै मलिन उज्यालो छर्दै अझै केही गरौं गरौं जोस र जा“गर सा“चेका प्रौढ र परिपक्क स्रष्टाहरूको वीचमा म रूमलिन पुगें पानीमा तौरिएको तेल झै । म मन्त्री सरकारको उनीहरू स्रष्टा जनताको ।
कार्यक्रम दीप ज्वलनबाट सुरू भयो । मेरो जिम्मा दीप प्रज्वलन गर्ने हो गरे तालीको गडगडाहट वीच वस् । आसन ग्रहणमा लम्मेतानको लर्को थिएन । स्वागत मन्तव्य समेतको औपचारिक कार्यक्रम पनि छोटै थियो । उद्घोषक र स्वागत मन्तव्य सालिन सरल थियो कतै झर्को लाग्ने थिएन । वरू त्यहा“ मीठास थियो सजीव र रसिक पनि । प्रतिभाका ढकमक्क फूलहरू देखा परे पहिलो दृश्यमै ।
उमेरले शताव्दीको वेसक्याम्प तिर पुगेका, पुग्दै गरेका र उकालो लागेकाहरू समेत नया“ पुस्ताको वाहुल्यता थियो । साहित्य साधनको अनन्तयात्रा पार गर्दै, मान सम्मानको आशा गर्दै आÏनो इतिहास प्रति भित्र भित्रै गौरव पनि गरेको छ ।
म फरक परिवेशको मान्छे । म कलाको पारखि र सर्जक होइन । त्यसैले त्यो परिवेशमा मलाई असहजता अनौठौ थिएन । यो मेरो नितान्त निजी नया“ अनुभूति थियो अरूले मेरो मनोदशा कसरी पढे मलार्य थाहा छैन । कुरा कतै विग्रहाल्छ कि भन्ने पिरलोभित्र भित्रै हुनु अनौठो थिएन ।
कार्यक्रम छोटो मीठो थियो । कंचन पुडासैनीका कृतिहरको विमोचन एकै छिनमा भयो । वरिष्ट साहित्यकार श्री भूपहरि सिग्देलको सम्मान दोसल्ला ओडाएर भयो । साथमा सम्मानपत्र तीसहजारको नगद प्रदान गरेर “विष्णुभाइ पुडासैनी वाङ्मय मन्दीर”ले स्रष्टालाई सम्मान गर्ने असल कामको थालनी ग¥यो । त्यसका लागि पनि लामो समय खर्चिएन ।
कंचन पुडासैनीबारे मैले कतै सुनेको थिए । फुर्सदमा उनका रचना कता कति पढेको पनि थिए । कंचन पुडासैनी सोझै कंचन कानले भर नपाउने, सिरू फुलेझै सेताम्मै फूलेका सा“च्चै दिलै देखिका सफा र कंचन मैले उनको अनुहारमा पढें ।
एउटा स्थापित कवि, काव्यकार, कथा उपन्यास र सफल निवन्धकारको श्री भूपहरि बारे थोरै जानकारी भएकोमा भित्र भित्रै असजिलो लाग्यो । के म नेपाली साहित्यका कतिपय मूर्धन्य व्यक्तिहरू सित साच्चै अपरिचितभएकै होत भन्ने प्रश्नले मनमा हुण्डरीनै मच्चायो । समयले मलाई धेरै पछि छाडेछ । समयको लगाम फुस्के पछि यस्तै हुने रहेछ भनेर चित्त बुझाए ।
स्रष्टाहरूको आख्यान चलेकै छ । कतै कविता, कतै जीवन चित्र, कतै इतिहास कति कति वृत्त । तर मलाई बोल्ने विषयले पिरोल्दैछ । पकेटबाट कागजको टुक्रा र कलम लिए । मेरो मनमा भावनाको वादल देखियो र छिटफूट मेरो कागजमा वाछिटो पर्न थाल्यो । रूखो खेत वारीमा परेको वाछिटो पानीले आ“त गल्नेगरी मिलाउन सक्दैन तर पनि कविहरूका वीच यसो भन्न पुगिएछ ।
हामी रूखा मन्छे
हाम्रो वारी रूखो छ
हाम्रो वारीमा भाव फूल्दैन
विचार फूल्दैन
रसिक कवि तपाईहरू
तपाइको वारी रसिक छ
कथा, कविता र काव्यहरू
लटरम्म फूल्न सक्छ तपाईको वगैचामा
त्यसैले मेरो सम्मान तपाईहरूको वगैचामा
त्यसैले मेरो सम्मान तपाईहरू प्रति
शुक्ल कर्मको फल चाखेकाहरू
मेरो शुभेच्छा प्रगतिको
असतोमा सद्गमय
तमसोमा ज्योर्तिगमय
मेरो यही शुभकामना
जति भ्याए त्यति लेखें । बोल्ने पालोमा त्यसैमा थपथाप गरेर बोले । बोली र गोली फर्किदैन भन्छन् । मैले बोले अरूले सुने ग्रहण गरेर अव मेरो भन्नु सकियो ।
मूर्धन्य साहित्यकारहरूवीच मैले नत सौन्दर्य शास्त्रको व्याख्या गर्न सक्थे नत धारा प्रवाह साहित्य नै । खाली दिमाग, खोक्रोमन, प्रदुषित वातावरण, उदास राजनीतिक परिवेश भित्रको कलाकेन्द्र तर पनि कवि कलाकार सित रमाउ“दै अरू केही थपे ।
विचारको पाइन लागाएर
समयको चिरफार गर्न
अनौ समाएर लेखनीको
वा“झो छिचोल्न संधै
निरन्तर अधिवढ
बाटो पछाउ“दै
देवकोटा भूपी र भूपदीपहरूको
नया“ पुस्ता
नया“ परिवेशमा इतिहास रच्न
निरन्तर निरन्तर
अघि वढ
यही मेरो शुभकामना।
समयले नेटो काट्यो । परिवेश अनुसार जानि नजानि गन्थन सुनाए । राजनीतिक भाषणले थकित दिमाग आजअलि पर स्रष्टाको माझ एकक्षण सुस्तायो ।
समय वगेको छ, इतिहास वगेको छ । समयको तरंगमा पौडिखेल्दै र इतिहासमा सा“ध लगाउ“दै शिखर चढ्न समयले थोरैलाई अनुमति दिएको छ । समयले लखेट्यो । म हिडिदिए विदा भएर ।
मन्त्री निवास, पुल्चोक ललितपुर
१६—११—२०६८
युगकवि सिद्धिचरण
तिम्रो हातमा कलम
नक्सा कोर्दै छौ देशको
र भर्दैछौ नसा नसामा
संचार देश भक्तिको
इतिहास कोर्दै भविष्यको
तिम्रो वारी रसिलो छ भरिलो छ
सिर्जनाको फूलवारीमा
ढकमक्क फूलहरू
कति सुन्दर कति शान्त स्निग्ध
तिम्रो संसारमा संधै
उतै हराउन पाए…..
धौलागिरिको कछारतिर उतै रमाउन पाए…।
कठै मेरो संसार
न पारख न पौरख
न समाधी न साधना
न खेती पाती सिर्जनाको
बा“झो मन रूखो खेतवारी
सिरू फुल्न सक्छ
सिस्नु पलाउन सक्छ मौसममा
तर कहिले पनि
वसन्तको वहार आउ“दैन ।
सत्ताको डण्डा वोकेर
कठोर वनेको आत्मा
दिल खाली छ
दिमाग रित्तो छ
हराभरा कवि कलाकार र स्रष्टाहरू माझ
कागको फूल चोर्ने कोइलीका वीच
बकुल्लो बन्नुको पीडा छ ।
बोल्न पनि असजिलो असजिलो
के बोल्ने के नबोल्ने
तेह्र सालमा देवकोटाले सजाएको
शिक्षाको फूलवारी यो
कतै भत्कदै
कतै खण्डहर बन्दै मूल्य र मान्यता
तिमी कोर्दैछौ नया“ नेपालको नक्सा
हामी भत्काउ“दै र विथोल्दैछौ खण्डहर
नया“ बाटो बनाउन
त्यसैले के बोलौ के नबोलौ
खाली मन
सुस्क दिमाग
राजनीतिको भाषण ठोकेर जीवनभर
थकित र जीर्ण बनेको दिमाग
रसिक कलाकारबीच
आकल झूकल भेट्न पाउ“दा
औधि आनन्द लाग्छ
प्रकृतितिर फर्केर उतै हराउ“ हराउ“ लाग्छ ।
आज भोलि कताकता
बन्दुक बोक्नेसित भन्दा
कलम बोक्नेसित
झन ठूलो डर लाग्छ
त्यसैले के भर्नौ
के नभर्नौ
मेरो सम्मान स्रष्टालाई
मेरो श्रद्धासुमन सिद्धिचरणलाई
……….
यो धर्ती
यो आकाश
यी रूख बिरूवाहरू ।
त्यो हिमाल
त्यो हराभरा पहाडहरू
र
त्यो उर्वर मैदान
यो हावापानी
यो परिवेश
मेरो देश
मेरो मातृभूमी
म यसैमा हुर्के बढे
म यसैमा रमे रमाए
भन्दै
ओखलढुंगाको गाथा सुनाए ।
कवि सिद्धिचरण
……
मेरा बाजेहरू विदेश गए होलान् ।
मेरा बाजे बराजु परदेशी भए होलान्
बर्मा, मलाया, जाभा र सुमात्रातिर ।
कति उतै हराए होलान्
कतिले
विदेशी जर्सी र बुटहरू ल्याएर
अच्छा लेकिन यार मेरो पौरख भन्दै
साथीभाइलाई बा“डेर
वीरगाथा सुनाए होलान्
आÏनै लागि ।
तर मेरी आमा संधै
लालावाला बोकेर
दुःख सुख
पाखा पखेरामा धाइन् ।
सगरमाथाको पुछारतिर
त्यसैले उनले
आमाको छातीभित्र
देशभक्तिको गहिराइ नापे
आमाको मुटुभित्र
बात्सल्यको सगरमाथा नापे
एक पुजारी माटोको
एक सर्जक देशको
र गाथा सुनाए हामीलाई
जननि जन्मभूमिश्च….
मेरो प्यारो ओखखलढुंगा
युगकवि
एक सच्चा देशभक्त
सिद्धिचरण
…..
यात्रा उनको
घर भित्रको
आ“गन छोडेर केही दिन
प्वास गएका उनी
संझनाको आ“सुले माटोको
चरण पखालेर चुम्दै
संझिरहे संधै
आÏनै गाउ“घर पाखा पखेरो
प्यार माटोको
सन्देश क्रान्तिको
खोजी न्याय र सत्यको
देश भक्तिको उपहार
चढाए आमाको पाउमा
मेरो प्यारो ओखलढुंगा
सिद्धिचरण
मरो श्रद्धा सुमन ।
१६—११—२०६८
मन्त्री निवास, सी ५ हरिहर भवन, ललितपुर
यो साता
मानिस पग्लिरहेको छ, पानीपानी भएको छ र जम्दै गएको छ सानो पोखरीमा । ने मुनिको नेपाल खाल्डोभित्र अहिले पानी छैन मानिस जमेको छ । चोभारको गल्छी थुनिए छ । त्यसैले यहा“ निकाश छैन मानिस बाहिरिनकालागि त्यसैले पानी बनेर पग्लीरहेको मानिस जमिरहेछ बार भञ्ज्याङ भित्र र फोहोरी बन्दै गएको छ ।
मानिस पग्लिरहेछ उसको सम्पदा संस्कृति र इतिहास बंश परम्परा धर्म संस्कृति र आचार विचार सवै पग्लेर तरल बन्दैछ र मिसिदै छ वागमती र विष्णुमतीमा ।
आयातित सभ्यतााका मल र गगनचुम्बी महलहरू भकाभक ठडिदै छन् हाम्रो शहरको केन्द्रमा आस्थाका धरोहर बन्दै छन् । केएफसी, म्याकडोनाल र वेकरीहरूले हाम्रो बजारको अपतत्वलाई पगाली रहेका छन् र वगाइरहेका छन् । हामी पग्लिदै छौ, हाम्रो जीवन शैली पग्लिंदै छ , हामी मेटिंदै छौ हाम्रो सभ्यता मेटिंदै छ ।
जम्ने, पग्लिने र वाफ वन्ने पानीकोे गुण हो । वग्न नपाउ“दा पनी फोहोर हुन्छ । वाढी खहरे र ढल मिसिदा नदी धमिलो हुन्छ । पानीको गुण वग्ने हो वग्दै जा“दा सफा हु“दै जान्छ कंचन वन्दै जान्छ । समुद्र भेट्नेबेला सवै नदी सफा भएर समाहित हुन्छ ।
मानिस पग्लीरहेको र पानी पानी भएको छ । पानीमा रातो रंग मिसाउदा राम्रो मात्रै देखिन्थ्यो । तर अहिले विभिन्न रंग मिसिएको पानी भएको छ । पानीको आÏनो अस्तित्व छैन तर पनि वग्न विर्सेको छैन । वग्नु उसको नियति हो वग्छ । मानिसको आÏनो पहिचान गुम्न थालिसकेको छ तर पनि वगिरहेको छ आÏनै सुरमा आÏनै तालमा । गन्तव्य भुलेका यात्री, इतिहास विर्सेको मान्छे, चौवन्नी जीवन अनन्त यात्रा ।
सगरमाथा पग्लियो त के भो । हिउको गुण पग्लिने र पानी हुने हो हुन्छ । बगेर सागर भेट्ने हो पहाडबाट लत झर्छ मैदान हुदै समुद्रसम्मको यात्रा तय गर्न । उसको एउटा गन्तव्य छ एउटा लक्ष्य छ । उसको बाटो कसैले छेक्न सक्दैन, थुन्न सक्दैन, नदीको बाटो छेक्न कसैले छेक्न सक्दैन थुन्न सक्दैन । नदीको बाटो छेक्न कसैले मूख्र्याई गर्छ भने विद्रोह गर्छ गडगडाउ“दै र सुसाउ“दै वेगवान गतिमा गन्तव्य तिर हुत्तिन्छ ।
तर दुःख र चिन्ता मानिस पग्लिदै छ आस्था र विश्वास पग्लिदै छ र पग्लिदै त विचार पनि । पग्लिन सजिलो छ तर जमेर ठोस र खदिलो वन्न साह्ै गाह्रो हुन्छ ।पग्लिसके पछि नया“ आकार दिन नया“ डाइ चाहिन्छ । नया“ भट्टीमा झोकिनु पर्छ ।
हिउ पग्लिन्छ, सुन चा“दी र फलाम पनि पग्लिन्छ, हिउको गुण पग्लिने हो पग्लेर पानी बन्छ तर फलामको गुण जम्ने हो जम्छ । चाहेको औजार वनाउन फलामलाई पगाल्नु पर्छ र पिट्नु पर्छ । चाहेको गहना वनाउन सुनलाई सुनारको आरनमा पगाल्नु पर्छ पिट्नु पर्छ । अनि मात्र राम्रो गहना वन्न संभव छ ।
तिम्रो समाज तिम्रो परिवेश र चेतना एकपटक नियालेर हेर युगौदेखि जमेको छ । चाहे जस्तो बनाउन समाजलाई एकपटक पगाल्नु पर्छ भट्टीमा झोकेर अनि मात्र तिमीले चाहेको आकारको नया“ औजार बनाउन सकिने छ ।
तिम्रो कारखानाका साजभा“डाहरू, कारखानाका सवै औजारमा खिया जमेको छ मेसिन थोत्रो भयो मेसिन चलाउने वस्तादहरू पनि बुढा भैसके । कवाडी खोजेर जिम्मा लगाउनु पर्ने भएको कारखानाबाट नया“ माल उत्पादनको अपेक्षा गर्नु मूर्खता हो । नचल्ने गाडीको ड्राइभर भएर के गर्नु र खिया परेको दिमाग, विग्रेको मेसिन बुढो वस्ताद, उही संरचना र संस्कार, उही परम्परा र विचार मानिस पग्लेको छ र एउटा सानो कुवामा जमेको छ । युगौदेखि जमेको कुवाको पानीमा स्याउ“ स्याउ“ किराहरू खेली रहेछन् । पानी छ रोगका जीवाणुहरू छन् । मानिसको खोजीमा भाइरस वनेर वा“चेका ।
त्यसैले नया“ भट्टी बनाउनु छ, पगाल्न समाजलाई र नया“ औजार र मेसिन बनाउनु छ, नया“ संसार निर्माणका लागि । तिमी नया“ हुन सिक । पग्लेर मात्र हु“दैन जम्न पनि सिक । जमेर उभेको हिमाल आकाश चुम्न तम्सेझै माथि माथि चढ्न सिक र सफलता चुम्न सिक । पानीको थोपा वनेर हराउने होइन थोपा वनेर समुद्र वन्न सिक । वाफवनेर उड्न मात्रै होइन वादल बनेर वर्षन पनि सिक। विना पानीको वादल, धुवाको मुस्लो वनेर अरूलाई पिरोल्ने होइन मौसम वनेर दर्किन सिक ।
मानिसले प्रकृतिको अनमोल शिक्षा बिर्सियो, समाजलाई बिर्सियो परिवारलाई बिर्सियो, आÏनो इतिहासका धरोहर विर्सियो, इतिहासका बहुमूल्य रत्नलाई विर्सियो र आखिर आफैलाई विर्सियो अरूको सिको गरेर । त्यसैले मानिस पग्लियो र बिग्रिदै गयो । पग्लिनुको हदहुन्छ । धेरै पग्लेर पातलिदैं छ ।
आयातित मालमा रमाउन सिक्यो । हुदै जा“दा स्वदेशी बुद्धि विवेक र सुझवुझ राख्ने भा“डो पनि पग्लिन थालेछ । केही ज्ञानगुन सीप बुद्धिविवेक सिकेर आउ“छ कि भनेर शहर बजारतिर पठाएका छोरा छोरीको दिमाग पग्लिन थालेछ, शहरको राप तापले ।
सात समुन्द्र पारि पुगेको बुज्रुक फर्केर आउ“दा विवेक आयातित गरेछ । कतिको बुद्धि राख्ने भा“डो खाली र कतिको भा“डोमा विदेशी बुद्धि राखेर वलियो विर्को ठोकिएछ । आÏनो इतिहास प्रति गौरव गर्न भुलेछ । आमाको छाति भित्रबाट रसाउने अमृतधारा पिउन छोडेछ । आÏनो सबै पगालेर बगायो । अरूको सभ्यतालाई मैदान ठान्ने र स्वयं अब्बल दर्जाको विज्ञ ठान्ने पाखण्डीहरूको अपनत्व सबै पग्लिसकेको छ । अपनत्व गुमाएको आत्मा स्खलित हु“दै गएको छ । बुद्ध भृकुटी, जनक भुल्दैछ । सगरमाथा र लुम्बिनीको महŒव भुल्दैछ र रमाउ“दैछ खैरो छाला भित्र छिपेको षड्यन्त्र अपराध लुटको संसारमा । भियतनामी जनताको रगतमा पौडिखेलेर थाकेको जमात अफगानिस्तान, पाकिस्तान, खाडी र मुस्लिम संसारतिर फर्केको छ । कथित लोकतन्त्र मानवअधिकार र शान्तिको नाममा रगत माथि पौडिखेल्न पल्केको हिंस्रक पशुको पूजारी आफूलाई अब्बल ज्ञाता र महान् ठानेको छ ।
मानिस भित्रको अपनत्व पग्लिदै छ । मानिस खोक्रो बन्दै छ बुद्धि र विवेकले । सा“झ बिहान हुन्छ । बिहान सा“झ । पग्लनु मात्रै नियति हैन सगरमाथा झै ढाडिन जाननुपर्छ । आखिर सगरमाथाको शिखरको जमेको हिउ पनि पानी नै हो । कतै पानि बरफ बनेर उडेको छ । कतै पानी जमेर हिउ बनेको छ । सगरमाथाको शिखर चुम्न पग्लेर मात्रै हुदैन जम्नु पनि पर्छ ।
संस्कार संस्कृतिको मुहान सुक्दै गएको छ । मुहानै सुुकिसकेपछि न बग्ने बस्तु नै रहन्छ न पग्लने । श्रोतको संरक्षण विर्सिदैछ २१ औं शताब्दीमा सागरलाई जम्नबाट जोेगाउ । सगरमाथालाई पग्लनबाट जोगाउ ।
मानिस पग्लेर पानी बन्न सक्दैन, विष्णुमती र बागमतीमा मिसिन । इतिहास पग्लेर बगाउन सकिंदैन । हाम्रो गौरब, हाम्रो वीरता र महानता चट्टान जस्तै बलियो छ । चट्टान पग्लिंदैन चाहेर पनि विगत पग्लिंदैन मानिस पग्ले पनि ।
उपभोक्ता संस्कृतिले ढपक्कै ढाकेको छ । अहिलेको समाजलाई । आÏनो सीप, खुवी र क्षमता केवल आफैमा केन्द्रित गर्ने प्रतिस्पर्धामा श्रेष्ठता कायमै गर्न । बग्दैन मानव चेतना बाढीको खहरे बनेर । आस्था पग्ल्यो विश्वास पग्ल्यो र विचार पनि पग्ल्यो । इमान जवान पग्ल्यो । आत्मअनुसासन पग्ल्यो, स्वच पग्लेर बग्दै गयो । अनि मानिसले आफन्त बिस्र्यो, आत्मगौरब भुल्यो, वर्ग भुल्यो । समाज र सामाजकि सम्बन्ध भुल्यो । मानिस पग्लदैछ । एकलकाटे बन्दै छ । समाजले उसलाई लखेटेको ठान्छ । र, टाढा टाढा भाग्न कोसिस गर्छ । संधै अतृप्त निर्सना, आफुलाई झुकाउन मानिसलाई पगिलनु पर्छ र आÏनो भेष बदल्नु पर्छ ।
पग्लिनु एउटा रोग हो, डरलाग्दो रोग । रोगलाई निम्त्याएर मानिस आफै तड्पन्छि । समृद्ध समाजको सामाजिक परिवेशले मानिसलाई एकांकी र एकलकाटे बनाएको छ । वृद्ध आमाबाबु अशक्त आफन्तहरूप्रतिको कर्तव्य भुल्छ र मानिस लम्पट भोगी बन्छ । कोतपर्व भण्डारखाल पर्व र हामीले देखेको दरवार हत्याकाण्डको जग खोस्रेर हेरियो भने आखिर त्यही भेटिन्छ । पश्चिमा समाजको परिवार भत्केको छ । समाजिक सम्बन्ध भत्केको छ । नया“ पिंढीले सस्कार संस्कृति सबै भुलिसकेको छ । केवल उपभोगका लागि सवै पाप गर्न सिकेको छ । समृद्धिका लागि अरूको घर लुट्नेहरू प्रदुषित हावाले मानिसलाई पगालिरहेको छ ।
समय परिवर्तनशील छ । परिवर्तन विनाशका लागि होइन विकासका लागि हो । धेरैका घर फोरेर एकदुइजना समृद्ध हुने संस्कृति नेपाली संस्कार र संस्कृति होइन । हाम्रा पुर्खाले कोहिनुर हिरा चोरेर ठालु हुन सिकाएनन, बरू बसुधैव कुटुम्व भन्ने नीति वाक्यले पूर्वीय समाजलाई सभ्य र सुसंस्कृत बनाए । सभ्य समाजमा मानिस ‘आफु मिटाइ अरूलाई दिनु जहा“ छ’ भन्ने शिक्षा दिएर समाजलाई असल मार्ग देखाउछ ।
आफैभित्र जलेर पग्लिनेहरूको संसार थोत्रिदै छ । नया“ युगले थोत्रो संस्कारलाई स्वीकार्दैन कुलत र कुसंस्कारको भट्टीमा पग्लेर तरल बन्ने विचार र चेतनाले नया युगको प्रतिनिधित्व गर्न सम्भव होला । मानिस पग्लिरहेछ पानी पार्ने भएछ र फोहर पोखरीमा जमीरहेछ । चार भन्ज्याङ्गको खाल्टोभित्र ।
२३ फागुन २०६८
यो साता २
फागुको दिन
२४ फागुन २०६८
मैले देखें, वसन्तको वाग रंगीचंगी फूल पूर्वमा लाली चुलवुले चराको कलरब र चुरिफुरि, परेवाका जोडीको प्रणय, सडकमा रंग, युवा युवतीमा जोस र उमंग, निलो आकाश पूर्णेको जुन, प्रकृतिको क्रिढा, प्रकृति किन यति साह्रो मातेको होला यति औधी उन्माद छरेको होला । कतै ऋतुदानको मौसमको सन्देश त होइन । आज फागुपूर्णिमा । होलीको दिन ।
पूर्वीय समाजमा होली जमेर मनाइन्छ । दिनभर रंग सित खेलिन्छ । जीवन रंगी चंगी फूलवारी जस्तै छ भनेर शंखनाद गरिन्छ । सा“झ स्निग्ध सफा भएर नया“ नया“ परिधानमा आफन्त भेटिन्छ, गच्छे अनुसारको खानपिन हुन्छ, शुभकामना साटासाट गरिन्छ र एक दिनका लागि भएपनि सवै सवै बिर्सेर आनन्द मनाइन्छ । साच्चै यो प्रकृतिसित मितेरी गा“स्ने रमाउने र आनन्दानुभूति गर्ने आÏनै शैली, परम्परा र संस्कृति हो ।
होली खेल्ने रमाउने तरिका आ–आÏनै होला । रूपमा भिन्नता हुन सक्छ तर यसको सारतत्वमा तात्विक अन्तर छैन । म सानो छदा अलि पर पाखा पखेरातिर गाईभैंसी, भेडा, वाख्रा चराउन आउने कुरकुरे बैंस आउन थालेका युवायुवतीले रमाई रमाई फा“की मिलाएर फागु खेल्ने चलन थियो । वन जंगल गएका, गाउ“बाट अलिपर खेतवारीमा काम गर्नेहरूका बीच कामुक, उत्तेजनात्मक र अश्लिल जुहारी चल्थ्यो । सुन्नै नसकिने छाडा र नांगो जुहारी खेलेर काम वासना जगाइन्थ्यो । कालिदासको काव्य मेघदूत सत्य, रसिक र कामुक साहित्य मानिन्छ । तर फागुको जुहारी कोक शास्त्रको खुला उद्घोष थियो । चैत्र लागेपछि फागु खेले वात लाग्थ्यो । होलीको यो आÏनै शैली र परम्परा थियो शिशिर ऋतुको सुसुप्त वासनाको पोखरीमा फागुको शव्द वाणले वासनाको दुनियालाई तरंगीत वनाइ दिन्थ्यो ।
आज मैले देख्दै छु मेरो वगैचा रजस्वला भएको छ । गर्भाधानका लागि माहुरी र भवरालाई आमन्त्रण गरिरहेको छ । मेरो झ्यालको अगाडि युगौदेखि उम्रेको धुपी पालुवा फेरेर फक्रेको छ फागु खेल्न चुलवुले चराहरूसित । एका विहानै जुरेली, भ“गेरी, ढुकुर र कोटेराहरू वल्लो डाली पल्लो डाली गर्दै र पुच्छर नचाउ“दै भालेलाई फकाउ“दै छन् ।
पूर्वी वरण्डाको पर्खालमा माथि गु“ढबाट परेवाको जोडी भुर्र्र उडेर आएर नजिकै बसे । एकक्षण प्वाखभित्र चुच्चो छिराएर शरीर कन्याए । छरिएको प्वा“ख मिलाएर कोरीबाटी गरी चिटिक्क परे । पोथी भालेको अलि नजिक गएर फकाउन थाले जस्तो गरी । एकक्षण भाले भलाद्मी देखियो । एकपटक आ“खा तर्दै टाउको बटारेर पोथीतिर नजिकियो । दुवैका आ“खा जुधे अनि दुवैले चुच्चो जोडेर म्वाई खान थाले । यो प्रणय लामो समय चल्यो, चल्दै गयो । मैले निकैवेर टोल्याएर हेरें । परेवाको भाषा आÏनै छ । वसन्त ऋतुको आगमनको जानकारी उनीहरूलाई राम्ररी थाहा छ । चराचुरूङ्गीहरू पनि आÏनै शैली र तरिकाले फागु खेली रहेका छन् होलीको शुभकामना साटासाट गरिरहेका छन् । उनीहरूमा पनि वासनाको आगमन भैसकेको छ ।
मेरी श्रीमतीले उ वेला परेवा पालेकी थिइन् । त्यो बेला परेवाको दिनचर्या नजिकबाट नियाल्ने फुर्सद भएन वा ध्यान गएन । ऋतु परिवर्तनको साथसाथै प्रकृतिको स्वभावमा पनि परिवर्तन आउ“छ । मानिस जनावर वा प्रकृतिका सवै जीव र वनस्पतिमा आउने परिवर्तनलाई नजिकबाट नियाल्ने हामीलाई फुर्सद कहा“ छ र ।
म आज बिहानैदेखि प्रकृतितिर फर्केको छु । आज फागु पूर्णिमा छुट्टीको दिन सबै भेटघाट बैठक र कामहरू थाती राखेर प्रकृतिको नजिकबाट अवलोकन गर्ने कोसिस गर्दैछु । आज मलाई एउटा अनौठो अनुभूति भैरहेको छ र अवकाश पछिको जीवन कसरी बिताउने भन्ने चिन्ताबाट सा“च्चै मोक्ष भएको अनुभूति हुन्छ । आज म सोच्दै जा“दा भित्रभित्र औधी रमाएको र खुशी भएको छु । मेरो शेषजीवन प्रकृतितिर फर्किने छ । मैले प्रकृतिको अवलोकन गर्नेछु । त्यसले मलाई स्वर्गानुभूति हुनेछ र म आखिर प्रकृतिमा नै लिन हुनेछु । अध्ययनका लागि मलाई प्रकृतिले हजारौ खजाना दिएको छ । एक एक गरेर हेर्नेछु र रमाउने छु ।
प्रकृति मौसम अनुसार फेरिन्छ । प्रकृतिका अनन्य यात्रीका गतिविधि पनि समयको प्रवाहमा बदलिदै र फेरिदै जान्छ । यो मौसम, यो हरियाली, यी प्राकृतिक गतिविधि र क्रियाकलापले प्रकृतिका चराचर उपजलाई रजस्वला हुने र गर्भाधानको तयारीतिर लाग्ने संकेत गरेको छ ।
तापक्रम बढ्दो छ । उत्तेजना फैलिदो छ । फूल फुल्दै रूख विरूवाहरूमा बगैंचामा गुलावको मुजुरा पलाई सकेको छ । चराचुरूङ्गीको चुरीफुरी घरजम बसाउने तरखरमा देखिन्छ । पोथीलाई ढिला हु“दै छ गु“ड वनाउन, अण्डा पार्न र वचेरा कोरल्न । माहुरीलाई हतार भैसकेको छ पराग सार्न र मह जम्मा गर्न, उसलाई थाहा छ वर्षातको कठिनाइ थेग्न खाना जम्मा पार्नुपर्छ ।
मानिस वैगुनी छ । प्रकृतिका ससाना जीवजन्तुबाट सिक्ने कुरालाई मानिस तुच्छ ठान्छ । चराचुरूङ्गी कमिला माहुरी जस्ता ससाना जीवहरूको जीवन शैलीसित साक्षात्कार हुने कुरामा मतलव राख्दैन वा फूर्सद छैन । वर्षातको सूचना कमिलाले दिन्छ । त्यति सानो जीवले जमिनमुनि ठूलठूला घर बनाएर सुरक्षित हुने कमिलालाई कसले सिकायो ? वर्षातको मौसममा खानका लागि हिउ“दमा नै खाना जम्मा पारिराख्नु पर्छ भन्ने चेतना कहा“बाट पायो । कमिला र माहुरी श्रमिक कालिगड हो ।
गौंथली कति सिपालु छ आÏनो घर बनाउन । उसको कालीगरी, उसको सीप, उसको कला पारखी र आर्किटेक के मानिसले अध्ययन गरेको छ ? म सानो छ“दा मामाघरको ढोकामाथि गौंथलीको गुण थियो । हिउ“दमा भत्काएर छोड्थ्यो । फूल पार्ने बेला घर वनाउथ्यो वास्तु नमिले भत्काएर पुन बनाउ“थ्यो ।
मेरो घरको दलिनमा आएर गौंथलीको भालेपोथीले गुड बनाउन थाले । मैले उनीहरूको चर्तिकला नजिकबाट हेरे । बिहानभरी चुच्चोमा माटो बोकेर घर बनाउने, दिउसो चारो खोज्न जाने, सा“झपख भालेपोथी मिलेर फेरि काम गर्ने, सा“झपख जुठेलोको थाक्रोमा गएर बास बस्ने । भाले पोथी साटिएको कहिले देखिएन ।
अल्छि ढुकुराका जोडी दिनभर जा“गर नलाईनलाई यताउता गर्छन । सानो डालीमा निस्फिक्री बसेर गुड बनाउने मोतोजोतो गर्दैछन् । कागहरू अग्लो रूखको सुरक्षित कापमा निकै काठपात जम्मा पारेर अलि ठूलै बनाउन तरखर गर्दैैछन् ।
चराहरूको जोडी हुन्छ । जोडी फेरिन्छ कि फेरिंदैन थाहा छैन । तर के कुरा सत्य हो भने दुईवटा मात्र फूल पार्ने जातले एक पटकमा भालेपोथी दुबै कोरल्छ र पछि तिनै जोडी बनेका हुन्छन् । कुखुराको भने प्रकृति त्यो भन्दा भिन्न छ । कुखुराको भालेले नौवटा पोथी पक्डेर भ्याउ“छ ।
मेरो आ“गनमा एक पटक एक जोडा डांग्रे देखा प¥यो । एउटा डु“डो थियो । तिनीहरूले मेरो घरको टोक्कन राख्ने प्वालमा गु“ड वनाए । एकदुई वर्ष त्यतै बसे । तर तिनीहरूको जोडी फेरिएन ।
प्रकृति नियममा चल्छ । प्रकृतिका उपज चराचुरूङ्गी जीवजन्तु प्रकृतिको नियममा चल्दछन् । त्यसैले प्रकृति व्यवस्थित, नियमित र अनुशासित छ । प्रकृतिले नियम मिच्दैन । घाम कहिले पनि पश्चिमबाट उदाउ“दैन । पृथ्वी घुम्नबाट रोकिंदैन । तर मानिसले प्रकृतिका नियम छोड्दैछ, अनुशासन तोड्दैछ, प्रकृतिसित पौंठेजोरी खेल्दैछ । मानिसबाट हुने अतिक्रमण र ज्यादती कति सहला र सहनेको एउटा सीमा हुन्छ । सीमाकाटे पछि त्यसका परिणाम अर्कै हुन्छ । सायद त्यसैलाई प्रलय पो भनिएको हो कि ?
म यो साता एक पटक प्रकृतितिर फर्कने प्रयत्न गदैैछु । राती सबै सुते । म लुसुक्क वरण्डामा निस्केर अघाउन्जेल पूर्णेको जुनलाई हेरे । घरको छत र भित्ताभरि, सडक र बाटो पाएसम्म गल्ली भरी पूर्ण चन्द्रको उज्यालो पोखिएको छ । चन्द्रमाको चा“द शितल छ शान्त र नरम छ । चन्द्रमाको उज्यालोका अगाडि सडकवत्ती उखरमाउलो र फिका भएको छ ।
शहर शान्त छ । मैले निकैवेर परसम्म आ–आÏना भाकामा कुकुर भुकेको सुनेको छु । रातीमा घरको निगरानी गर्न कुकुरलाई भुक्नुपर्छ । जसका भात खाई उसका गीत गाई भन्छन् । कुकुरले मानिसको मानो खाएको छ । त्यसैले स्वामिभक्त र बफादार छ । तर मैले प्रकृतिसित रातभर रमाउने रहर बाकी नै थियो । निद्रादेवीको आक्रमणमा परे । यो पनि त्यही नियमभित्रै छ । आदेश थियो मैले मान्नै प¥यो र कोठाभित्र छिरे । अझै आकाशका एकएक तारा गन्ने रहर बाकी नै रहयो ।
वसन्तले मेरो घर आगनलाई ढाकेको छ । मेरो घर छिमेर र परिवेशलाई पनि ढाकेको छ । आज दिनभर होली खेल्नेहरू मेरो घर आगनमा आएर नाचे । चखेवा चखेवीको नाच युवायुवतीको नाच मेरो घरभित्र पनि वसन्त छिरेको छ पूर्वको जुनले झ्यालबाट चियाएको छ र कोठाभित्रै फागु र होलीको रंग फिजिएको छ । अव म त्यही रंगमा रमाउदै निद्रादेवीको काखमा हराउ“दै छु ।
२५ फागुन ०६८
मन्त्री निवास पुल्चोक, फागुपूर्णिमाका दिन
राष्ट्रियता
झिसमिसे मै निवासबाट निस्कियो । नागढुंगा पुग्दा नाडीका रौं देखिने गरी फुर्रर उज्यालो भैसककेको थियो । पूर्वबाट डाडा पखेरामा लाली पोखिदैन । स्वच्छ हावा डा“डा पखेरा प्रतिको अनुराग, चराहरूको कलरव वसन्तको विहानीमा अझै प्रकृतिले शितल छरेकै छ ।
उखरमाउलो गर्मीबाट नेपाल छि
रेका पर्यटकहरूले प्राकृत एसीको अनुभुति गरेर तीनछक परेका थिए । साच्चै मेरो देश महान छ, सुन्दर र शान्त छ । तातो चिसोको प्रबन्ध विधिको वरदान वनेको मेरो माटोमा मेरो देश स्वर्ग भन्दा पनि सुन्दर छ । यो माटोमा जन्मन पाउनु मेरा लागि भाग्य हो भन्ने मनमा गुडुना खेलाउदै गाडीको झ्यालबाट परसम्म नजर डुलाउदै डा“डो काटेको पत्तै भएन ।
नेपाल खाल्डोभित्र छिर्ने पश्चिमी द्वार नागढुंगाको गल्छीमा आउने जाने वहानको ता“ती निकै लामो छ । पालोे पर्खेका गाडीहरू हतासिएका मनहरू गन्तव्यमा पुग्न आतुर देखिन्छन् । तर पालो पर्खेर बाटो काट्दै छन ।
मेरो जापानी टोयोटा गाडी त्यसमा नेपाली झण्डा फहराएको छ । अगाडिको सिटमा जम्दारको फुली भिरेका नेपाली सेना काजमान त्यसका पछि वाकीटकी बोकेका नेपाल प्रहरीको सईको दर्जा पाएका पीएसओ । बाटोमा जति जाम भएपनि साइरन मारे पछि बाटो खुला, कतै सा“गुरोमा पहिराले गुरा“स थ्रीजिरोमा सूचना गरेर टयांगोलाई तान्न लगाइन्छ वस कुनै रूकावट छैन ।
नागढुंगा राजधानी भित्रिने र बाहिरिने गाडीको महत्वपूर्ण निकास । यही बाटो भएर नेमुनिको नेपाल खाल्डोभित्र सबै प्रकारको विकृति विसंगति छिर्छ । प्रदुषण प्रवेशको महत्वपूर्ण द्वार यही हो । अहिले नेपाल खाल्डो प्रदुषणको पोखरी बनेको छ । त्यही प्रदुषणभित्र मानिस पौडिरहेछ । जन्मिदै हुर्किदै र बढ्दै पनि छ । प्रदुषित पोखरीबाट बाहिर निस्केर स्वच्छ हावाको समुन्द्रमा पौडिन पाउ“दा औधी रमाईलो लाग्नु स्वभाविकै हो ।
खुला आकाश, स्वच्छ हावापानी, सरल जीवन, हरिया पहाड, हराभरा खेतवारी, रसिलो परिवेश नागढंगा पार गरेपछिको मेरो रमाइलो संसार । मेरो गाडी कुद्दै छ गृह जिल्लालाई गन्तव्य बनाएर । साइरन बजाउ“दै बाटो पन्छाउदै गाडी नागढुंगाबाट ओरालो लाग्यो । पारी पाखोको धुरीमा घामको मधुर किरण पोखिंदै, तलतल बग्दैछ । दशौं किलोमिटर परसम्मको बाटोमा गाडीहरूको दोहोरो ता“तीले बाटो ढपक्कै ढाकेको देखेर म त एकछिन टोलाएछु । प्राकृत छटाले पुलकित पारेको गाडीहरूको ता“तीले अचानक झड्का दियो ।
हेवी गाडीको लस्कर बाक्लो छ । बस, मिनि बस, टिपरहरू खाली ट्रकका बीचबीचमा जीप ट्याक्सीहरू ओभरटेक गर्दै निस्कदै छन् । पचास टन भन्दा बढीको भारी बोकेका ट्रकहरू थानकोटको उकालोमा पछिबाट धुवा फाल्दै सकिनसकि आफुलाई घिसारी रहेकाछन् । बीचबीचमा रात्री बसभित्र भर्खरै ब्यु“झेका यात्री चलमलाउदै छन् । मोटरसाइकल जीवनमरणको प्रवाह नगरी वेजोड दौडडै छन् । दुर्घटनामा तिनै त पर्छन् ।
गाडीहरूको यो आवतजावतभित्र मैले एउटा डरलाग्दो दृष्य देखे । यी विदेशी बहानले सिंगै मेरो देश बोकेर हि“डेको अनुभुतिले मन अमिलिदै गयो । विदेशी मालसामानले टनाटन रक्सौल, सुनौली, जोगवनी वा का“कडभिट्टबाट छिरेर आइरहेछन् । अहोरात्र नेपाली रगत र पसिना मालसमानसित साटिएको छ । नेपाली स्वाभिमान र राष्ट्रियता यसरी नै निकासी पैठारी भैरहेको छ, अहोरात्र मालसमान बोकेर ।
नेपालीको रगत पसिना नदी बनेर बगेको छ तलतिर । नेपाली इतिहास, सभ्यता र गौरबले सीमा काटेको छ विदेशी बहान चढेर । स्वाभिमान र आत्मसम्मान बगेको छ । राष्ट्रियताले नेटो काटेको छ । के यो कुराको हेक्का छ राष्ट्रियताको रामनामी जप्दै वनकालीमा बुर्कुसी मार्ने हाम्रा मित्रलाई ।
विदेशी बहानमा नेपाली झण्डा हालेर सडकमा सैर गर्नेहरूले देशभक्तिको चर्को राग अलाप्दा आश्चर्य लाग्छ । स“धै उही बासी ¥याईंख¥याईं । राष्ट्रियताको संधै उही करकर देशभक्तिको । के राष्ट्रियता कुनै राजनीतिक नारामात्र हो गुट संरक्षणका लागि ? देशभक्तिको रामनामी ओढेर नेपाल आमाको हुर्मत लिने र नेपाली जनतालाई कंगाल बनाउने अन्ध राष्ट्रवादले नेपाली जनतालाई के दियो ? राष्ट्रवादको नया“ परिभाषा आवश्यक छ । राष्ट्रियता र स्वाभिमानको रक्षा राजनीतिक नारा र अन्ध राष्ट्रवादी रूढीगत सोचबाट संभव छैन ।
यी र यस्तै कुराले मेरो दिल दिमागलाई तरंगित गरायो । एकपटक मैले स्वयं आफूलाई शिरदेखि पाउसम्म भित्रभित्रै नियालेर हेरे, अनि मेरो छेउमा बस्नेहरूलाई पनि मेरो गाडी त्यो कुद्ने बाटो, गाडीले फाल्दै गरेको धु“वा, बाटो बनाइ दिने सहयोगी मित्रराष्ट्रहरू । बाटो उनैले बनाइ दिए, गाडी उतैबाट पठाइदिए, तेल उतैबाट आउ“छ, पार्टपूर्जा र मिस्त्री उतैको, पेच किल्ला र पेचकस उतैको ।
यो माटो स्वदेशी हो । यो माटो चोखो छ । हावापानी चोखो छ । चोखो माटोमा बनेको बाटोमा विदेशी अलकत्रा छरिएको छ । विदेशी गाडीमा नेपाली झण्डा हालेर मैले देशभक्तिको यात्रा गरिरहेको छु । मेरो झण्डाको उपहास भएको छ । झण्डाको फेरोभित्र चन्द्र र सूर्यको आ“खाबाट अपमानको अश्रुधारा बगेको छ ।
एकाएक मेरो मन अमिलियो । यी गाडीका ता“तीहरू । विदेशी वहान, रासनपानी, नूनतेल, लत्ताकपडा, औषधीउपचारका उपकरण, छड, सिमेन्ट, नटबोल्ट, सियोधागोदेखि यावत दैनिक उपभोगका सामान सबै बाहिरबाट आउ“छ । हामी विदेशी बहान चढ्छौ । विदेशी पहिरनमा सजिएर विदेशी परिकारले सा“झ बिहान आफूलाई तृप्त गर्छौ र विदेशी विचार, विदेशी, दर्शन र सिद्धान्तको रट लाएर सगौब राष्ट्रियताको राजनीतिक भाषण ठोकेर आफूलाई सच्चा देशभक्त र राष्ट्रवादी भएको घोषणा गर्छौ ।
विदेशी वहानमा राष्ट्रिय झण्डा हालेर कुद्न नपाउ“दा राष्ट्रियताको नारा घन्किन्छ । राष्ट्रवादको रामनामीभित्र निरंकुशताको खेती गरेर तीस वर्षसम्म आफूलाई सुरक्षित गर्नेहरूसित संयुक्त मोर्चाको प्रस्ताव पनि उनीहरूबाट नै आउ“छ । सत्ताका लागि अतृप्त अभिसप्त विचारले नेपाली लोकतन्त्र र राष्ट्रियता क्षतविक्षत हु“दैछ भन्ने भित्रैदेखि लाग्दै आएको छ ।
गन्तव्यतिर पग्ने आतुरता वोकेर गाडी गुड्दै छ । मन झन पछि झन तरंगित र उदासिन बन्दैछ । मेरो देशको महानता मेरो माटोको गौरव, मेरो स्वाभिमान र वीरगाथा त्रिशुली र नारायणीमा मिसिएर तलतल बग्दै गएको अनुभूति भयो । सम्झदै जा“दा वाकवाक होलाहोला जस्तो भयो । रिंगटा लागे जस्तो हुंदै गयो ।
मेरो दिमागमा विगतका धेरै रेखाचित्रहरू प्रतिविम्वित भए । इतिहासका नक्साहरू वीर वलभद्र, अमर सिंह र भीमसेन थापाहरूका वीरगाथाहरू, पृथ्वीनारायण शाहका महान्वाणीहरू पुस्तकको पानाझै एकपछि अर्को गर्दै पल्टदै गए ।
देश आत्मनिर्भर थियो, त्यसैले स्वतन्त्रता र स्वाभिमान बचेको थियो । भोट र भारतसितको व्यापार सन्तुलन राखिएको थियो । रेशममार्ग भोटदेखि लोमाङथाङ, लुम्बिनीहु“दै भारत, पाकिस्तानदेखि साइवेरियासम्म आवतजावत थियो । नेपाल उत्तर र दक्षिण बीचको व्यापारिक सेतु र ट्रान्जिट प्वाइन्ट थियो । रेशम व्यापारीहरू दक्षिण भारतदेखि गोरखपुर लुिम्बनीहु“दै रिडी, बाग्लुङ, मुस्ताङदेखि लोमाङथाङ नाकाहु“दै तिब्बत छिरेर व्यापार विस्तार गरेको इतिहास पढेको स्मरण हु“दै गयो ।
घरेलु तानमा राडीपाखी समेत आफूलाई चाहिने लत्ताकपडा आफै तयार गरेर लगाउने परम्पराले देश परनिर्भर बन्नु परेको थिएन भन्ने पनि स्मरण भयो । भोटको लडाईंमा बहादुर नेपालीले भोटेहरूलाई हराएर प्रतिवर्ष हजारौं स्वर्ण सिक्का भराउने गरेको इतिहास पुरानो छैन । त्यसैले उसबेला देश स्वतन्त्र सार्वभौम थियो । पशुपालन खेतीमा आधारित आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रकै बलियो जगमा नेपाली राष्ट्रियता उभिएको थियो ।
उद्यमशीलता राष्ट्रियता हो । आर्थिक आत्मनिर्भरता राष्ट्रिय स्वाभिमानको मापदण्ड हो । उत्पादनबाट कटेकाहरू अरूको कमाइमा वा“चेकाहरू के सा“च्चै देशभक्त हुन सक्छन् ? मनमा गुडुना खेल्न थाले ।
देशभक्तिको चर्को नारा लगाउनेहरू, राष्ट्रियताको झण्डा उचालेर सडकमा कुद्नेहरू एक एकलाई केलाउन थाले । श्रमबाट कटेर सधंै अरूको आयस्ता र श्रमको एजेंरु बनेको दिनचर्या के साच्चै देशभक्त बन्न सक्ला ?
मैले बिहान, दिउ“सो, बेलुका के खा“दै पिउदै छु । एकएक स्मरण हुन थाल्यो । शीरदेखि पाउसम्म एकएक गर्दै आफुलाई नियाले र हेरें । माटो नेपाली छ, हावा नेपाली छ नेपाली माटोमा जन्मेको नेपालीले आÏनोपन गुमाइसकेको छ र अरूलाई सघाइरहेको छ । के जनताको विद्रोह आर्थिक स्वतन्त्रताको लागि होइन कोरा राजनीतिक नारा खाएर पेट भरिएला ? के देशभक्तिको भाषणले सन्तेकी बुढीको इज्जत ढाकिएला ?
त्रिशुली मस्र्याङदी, मादी र नारायणी भेट्न तलतल बग्दैछ । त्रिशुलीको बेगभन्दा सयौं गुणा गतिमा मेरो गाडी तलतल गुड्दै छ । मेरो नजर वरपरका हजारौंहजार गाडी चढेर मेरो देशको अर्थतन्त्र तलतल बगेको छ । मेरो राष्ट्रियता मेरो देशभक्ति र स्वाभिमान विदेशी बहान चढेर सा“झबिहान सा“च्चै पलायन हुदै गएको छ । गाडीभित्र ठोस बनेर ट्याङकरभित्र तरल बनेर वसारपसार भैरहेछ ।
मलाई आज किन किन राष्ट्रियताको नया“ परिभाषा खोज्न मन लाग्यो । मलाई किन किन देशभक्तिको पहिचान खोज्न मन लाग्यो । बिहानमा सकिनसकि खेतको का“ल्ला उक्लदै गरेको महिलाको मलले टन्न भरिएको डोकाभित्र सच्चा राष्ट्रियता देखें । सपनामा काउली बन्दा र रायोको साग बोकेर हि“डेको किसानको छातिभित्र सच्चा देशक्तिको तस्वीर भेटियो । तरकारी बारीमा पानी लगाउ“दै गरेको किसान सडक छेउमा सानो चिया पसल राखेर खाडीतिर गएको लोग्नेलाई सम्झिदै जुठा गिलास पखालेर लालाबाला हुर्काउदै गरेका एक अवला नारीको अनुहारमा राष्ट्रियता र देशभक्तिको चमक देख्न थाले ।
अलि तल प्लाष्टिकका छहारीभित्र उमारिएका गोलभ“ेडाका बिरूवाहरू, अलिपर सडकछेउको टहराभित्र चारो खाएर रमाउदै गरेका कुखुराका चल्लाहरूको माझ कताकता राष्ट्रियता नाचिरहेको देखे । मुगलिनको सडक किनारमा थुपारिएका सुन्लताको थुप्रोमा सुनौलो राष्ट्रियता टल्केको देखियो ।
के म सा“च्चै भ्रममा त छैन ? मेरो मन मेरो आ“खा र मेरो सोचाई बिग्रिन थालेको त छैन । मैले कतै दिवासपना त देखेको त छैन । एकपटक जोडले आ“खा चिम्लिएर सोचे, मैले आजसम्म देखेको र भोगेको राष्ट्रियता कितावमा होइन जीवनमा रहेछ शहरमा होइन गा“उ पाखापखेरामा रहेछ । नारामा होइन व्यवहारमा रहेछ भन्ने देखे । हसि“या र हथौडा झण्डा बनाएर शहरमा कुद्न मात्र होइन समाएर कारखाना र खेतवारीमा चलाउन रहेछ । हलो, कुटो, कोदालो नदेखेकाहरू राष्ट्रियताको पहरेदार बनेका छन् । गैंची, बेल्चा, करांैती, हथौडा नछुनेहरू मजदुर नेता र देशभक्तिका ठेकेदार बनेका छन् ।
नक्कली दुनिया“, विचलित विचार, मिसावट जिन्दगी, प्रदुषित हावा र विज्ञापनको बजार खोक्रो राष्ट्रियता कृतिम देशभक्तिको सारमा पाइने यति नै हुन । राष्ट्रियताको तीर सोझाएर प्रधानमन्त्रीको कुुुर्सी ताक्नेहरू देशभक्तिको खोक्रो झण्डा बोकेर भत्ता असुल्नेहरू अरूको कमाइमा सा“झबिहान कुद्नेहरू सा“च्चै सच्चा देशभक्त र राष्ट्रवादी हुन सक्दैनन् । देशभक्तिको पैरवी गर्ने मित्रहरूको दिनचर्या मैले देखेको छु । पद र कुर्सीका लागि वंशविनाश गर्ने राणाकालीन संंक्रमक वर्डÏलू चारैतिर फैलिएछ ।
यो साता ३
एउटा अलपत्र समय, समय तालिका भित्रको कैदी एउटा पटाक्षेपको अन्त केही सोच्दै, केही सम्झिदै अलिकति उत्साह र उर्जाको पाइन थपेर शरीरको तन्तुमा एउटा अस्तव्यस्त मानिस डिल्लीबजारको ओरालो झर्दैछ । गाडीलाई दाया“ मोड्ने आदेश दिन्छ । पुतलीसडक ह“ुदै भृकुटीमण्डपको साझा पुस्तक अगाडी गाडी रोक्ने आदेश दिन्छ । गाडी रोकिन्छ उसको आदेशमा । आज भोली उ आदेश दिने भएको छ किनकी उसको गाडीमा झण्डा छ ।
फटाफट पुस्तक पसल भित्र छिर्छ । अलि रवाफिलो स्वरमा नया“ पुस्तक के के आएको छ भन्दै सोध्छ । विक्रेताले चाङतिर संकेत गर्छ । किताबको संसारमा आ“खा दौडिन्छ । उसका आ“खाले ृसको आÏनै किताव पनि खोजेको हुन्छ । यसो कुनामा देखे पछि ढुक्क हुन्छ ।
धेरै दिन देखि पुस्तक पसल छिर्न नपाएकोमा खसखस लागेको थियो । त्यसैले ¥याकहरू हेर्दै कतिको प्रकाशन मिति कतिको लेखक कतिको मूल्य कतिको भूमिका र कतिको प्रकाशकीयमा नजर कुदाउ“दै र यथास्थानमा थन्काउ“दै थियो ।
पुस्तक पसल वा पुस्तकालयमा छिरे पछि उसले एकै छिनका लागि भए पनि संसार विर्सिन्छ । औधी रमाउ“छ तनावबाट मोक्ष प्राप्त गरेको अनुभूति गर्दै रमाउन सक्छ । सायद थोरै मानिसमात्रै पुस्तकवीचमा उ जसरी रमाउन सक्छन् होला भन्न सोच्दै पुस्तकको वीच सा“च्चै यसरीनै हराउन सके विहान वेलुका नित्य सेवन गर्ने उच्च रक्तचावको गोलीले छुट्टी पाउने थियो होला भन्ने सोच्दै रमाउ“छ ।
यो देशको दुनिया“ पेसन खाने वेलामा टेन्सनको गोली खाएर हिड्नु परेको छ एउटा यात्रामा । जीवनबाट थाकेर होइन हारेर पनि होइन जीवनको साश्वत गति सित पौडिखेल्दै अगाडि बढ्न सकेकोमा औधी आनन्द लाग्छ । मानिसको भिडबाट वाहिर निस्केर पुस्तकको भेलमा पौडिखेल्न पाए झन ठूलो आनन्दानुभूति हुनु स्वभाविकै हो ।
दुःख सुख एउटा अनुभूति हो । दुःख भित्र पनि खुसानुभूति गर्नु उसका लागि सामान्य भैसकेको छ । दुःख छ त्यसैले सुख पनि । दुःख नदेखेकोले साउनैको सुखानुभू ितगर्न संभव छैन । त्यसैले आज भोली मानिस सुख र आनन्दनुभूतिका लागि संसार चहार्छ । सगरमाथा चढ्छ, आकाशमा उड्छ, समुन्द्रमा डुब्छ र अरू के के गर्छ गर्छ । भौतिक संसारमा सुख खोज्नेहरू संधै यसरी नै तड्पिन्छन् । आत्मिक सुखको अनुभूति गर्न थोरैले जान्छन् । त्यसैले सुखमा पनि दःखलाई विर्सन र उपेक्षा गर्न हु“दैन ।
उसले जीवनको लामो यात्रामा कठिनाई र दुखसित मितेरी गास्दै, सहयात्री बन्दै आयो । त्यसैले प्रतिकुलता भित्र अनुकुलता भेट्न अध्यारो भित्र उज्यालो देख्न सक्यो । सानैमा उसले धेरै हण्डर खायो । दःखको एकमात्र साथी पुस्तकलाई बनायो । वालकृष्ण समको धु्रव पढ्यो र यो श्लोक कण्ठाग्र पा¥यो ।
खान्छ ठक्कर जो चा“डै लामो जीवन मार्गमा
होसी कदम चालेर उही दौडन जान्दछ ।
यसको मर्मको गहिराई छाम्यो । दःखको सागरमा २,४ थोपा आ“सु मिसायो । उही बेला देखि जीवनका ठक्कर र हण्डरसित मितेरी गा“स्ने बानी प¥यो । दुःखमा निरास र सुखमा उन्माद कहिलै भएन । समुन्द्रको छाल झैं जीवनयात्रामा निरन्तर अगाडि बढ्दै गयो ।
पुस्तकको दुनियामा लामो समय खेलवाड गर्ने र रमाउन फुर्सद थिएन । समयले च्याप्दै लग्यो । पहिले दखि भेट नभएको भेट्नै पर्ने माघ अंक गरिमाको माग भयो । त्यसको साथमा अरू केहि पुस्तक छानियो । दुइ वर्गका लेखकका किताव छानिएछ । आÏनै माटो पानी डा“डा पखेराभित्र दुखियाको दुनियामा रमाउने लेखकको कित्तामा धेरै किताव परेछन् । आयातित संस्कार संस्कृति सभ्यता र विचारका धनीमानी दिग्गज साहुजीका बाहुलीबाट लेखिएको एउटा किताव छानिएछ । त्यसैले विल दुइवर्गका बने । यसो गमे । यहा“ पनि पहिलो विश्व जनताको कित्ताका लेखकहरू ठानिन्छन् । ठगहरूले ठगिरहन्छन् भन्ने सोच्दै र मुटु अमिलो पार्दै निस्कियो ।
गरिमा नेपाली साहित्यको सकालिन प्रतिनिधि मासिक । मेरो देशको साहित्यको समृद्धिको आंकलन एउटा साछी त्यसैले पढे पनि नपढे पनि अवसर परेसम्म किन्ने गरेको छु । गाडी भित्रै प्रेमपुर्वक वल्टाइपल्टाई गर्दै लगे । कथा विद्याभित्र छिरे र सवै पढी सिध्याए । त्यसका लगि मलाई त्यति धेरै समय लागेन । त्यसछि कविताको पालो आयो । मेरो मनले गरिमाभित्र निवन्ध खोज्छ र उखुको रस चुसेझै चुस्न र खाद लिन चाहन्छ ।
त्यसको संगसगै यात्रा थालनी गरे पूर्वी पहाडबाट एउटा युवक पढ्को लागि काठमाडौको यात्रा गर्छ । राजनीतिमा लाग्छ । जेलबाट भागेर लड्दैभिड्दै बनारस पुग्छ । निर्वासित नेतालाई भेट्छ । उकाली ओराली पहाड जंगल चहार्दै सुन्दर भविष्यको खोजिमा कुदेको एक उत्साही युवक सागर नेपालको यात्रा पनि यो साता पढ्दै गरे ।
सागर आफै आखाले देख्छ, आÏनै खुट्टाले कु
